समाचार

ख्याल गर्नुहोस्! पानी बिनै औषधी खादा खतरा हुनसक्छ

महिना अगाडि

काठमाण्डौं । वातावरण प्रदुर्षणसँगै मानिसहरुलाई धेरै रोग लाग्ने गरेका छन् । अहिले सरदर सबैले कुनै न कुनै रोगको औषधि सेवन गरिरहेका छन् ।

त्यसैले औषधी सेवनमा विशेष ध्यान नदिए ज्यानै जोखिममा पर्ने हुनसक्छ । बिराम निको बनाउन खाने औषधिले अर्को बिराम ननिम्त्याओस भन्ने सोच सबैले राख्नुपर्छ ।त्यसका लागि औषधि पानीसँग खानुपर्छ । तर, कतिपय अवस्थामा पानीविनै औषधि खानेसमेत गरिन्छ । पानी नभएको वेला यस्तो गरिन्छ । खासमा पानीविना औषधि निल्नु स्वास्थ्यका लागि हानिकारक छ । यस्तो बानीले रोग निको हुनुको साटो उल्टै स्वास्थ्यमा हानि पुर्‍याउँछ ।

विनापानी औषधि निल्दा यस्ता असर हुन्छ ?

बिनापानी औषधि निल्दा एसोफेगस अर्थात् घाँटीको नलीमा क्षति पुग्ने गर्छ । यसकै कारण औषधि निल्ने समय कहिलेकाहीँ आँखाबाट आँसु पनि झर्ने गर्छ ।
पानीविना औषधि निल्दा घाँटीको नली पोल्ने गर्छ । त्यति मात्र होइन, सुत्ने समयमा समेत दुख्ने र पोल्ने समस्या हुन्छ । यस्तो दुखार्इ औषधिको आकारमा पनि निर्भर गर्छ ।
हाम्रो घाँटीको नली कमजोर मांसपेशीबाट बनेको हुन्छ । त्यसैले निल्न खोजेको औषधि घाँटीको नलीमा अल्झिए सम्बन्धित ठाउँमा निकै ठूलो हानि पुर्याउँछ । यसले घाँटीका विभिन्न तन्त्रमा दुखाको समस्या निम्त्याउँछ । यसकै परिणाम श्वासप्रश्वासमा समेत अवरोध सिर्जना हुन्छ ।
विनापानी औषधि प्रयोग गर्दा अल्सर हुने सम्भावना पनि उत्तिकै हुन्छ । टर्कीमा भएको एक अध्ययनअनुसार कुनै पनि ड्रग्सबाट एसोफेगसमा अल्सर हुने गर्छ । भिटामिन सीको चक्की चपाएर खाँदा पनि यस्तो समस्या निम्तिन सक्छ ।

कसरी खाने त ?

  • कम्तीमा एक गिलास पानीसँग औषधि निल्ने गरौँ ।
  • कहिल्यै पनि सुतेर औषधि खाने बानी गर्नु हुँदैन ।
  • औषधि उभिएर वा बसेर खाने गर्नुपर्छ ।
  • दैनिक कम्तीमा आठ गिलास पानी पिउनुपर्छ ।
  • यसो गर्दा एसोफेगसमा हुने खतरा कम हुन्छ ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.