समाचार

के हो सेक्स ? कतिपटक गर्ने ?

महिना अगाडि

सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुन्छ ।

एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्न सक्छ ।

सेक्स भन्ने शब्द सुन्ने बित्तिकै प्राय : सबैका कान ठाडो हुने र यो शब्द देख्नेबित्तिकै आँखाहरु टक्क रोकिने गर्छन् । अर्थात हाम्रा ज्ञानेन्द्रीयहरु चनाखो हुन्छन्, अनि जिज्ञासु र कौतुहल बन्छन् । यो शब्द वास्तवमा के हो ? जसमा यति ठूलो शक्ति छ, र सबैको ध्यान तान्न र खिच्न सक्छ ।

शीर्षक देख्ने वित्तिकै पाठकहरुका मनमा धेरै खुल्दुलीहरु पक्कै भएका होलान् । कतिपयले मनले ठिकै माने पनि मुखले चाँहि यो पंतिकारले अनावश्यक र ‘फोहोरी’ कुरा लेखेछ भनी नकारात्मक टिप्पणी गरिसकेका होलान् । केहीले टिप्पणीकार ‘पागल’ पो भएछ कि पनिभनेका होलान् । कतिले यो बढी ‘पात्तिएछ’ वा ‘उत्ताउलो’ भएछ पनि भनेका होलान् ।

सेक्स गर्नुस् मोटोपन घटाउनु :
अमेरिकाको एक सोध वैज्ञानिक र सेक्स सलाहकार डा। डेबी हरबेनिकले एक अनुसन्धानको क्रममा सेक्सको सबैभन्दा उत्तम समय विहान नै रहेको पत्ता लगाए । डा। डेबीका अनुसार विहानको समयमा सेक्स गर्दा हाम्रो शरिरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ । यसैगरी अमेरिकी अर्का सेक्स सलाहकार जेन ग्रीनरका अनुसार विहानको समयमा सेक्स गर्दा राम्रो व्यायाम पनि हुन्छ । सेक्स एकप्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित सेक्स गरे पनि मोटोपन घट्ने अध्ययनबाट पत्ता लागेको छ ।

सेक्स कतिपटक गर्ने ?
सेक्स कतिपटक गर्ने भन्ने नापतौल छैन । आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । तर, भनिन्छ नी धेरै खायो भने चिनि पनि तितो हुन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ । त्यसैले एकसातामा तीनपटक सेक्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् । विहानमा सेक्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा सेक्स गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.