समाचार

सपनामा यौन सम्पर्क गरेको देख्नुभयो ? यस्तो हुन सक्छ !

महिना अगाडि

सबै मानिसले सपना देख्ने गर्छन् । सपनाको प्रकृति भने फरक–फरक हुन्छन् जीवनको अनुभव, असफल काम, चाहना, आफ्नो जीवनमा परेका दुःखद घटना आदिका आधारमा मानिसले सपना देख्ने गर्छ ।

कहिलेकाहीँ मानिसले कसैसँग शारीरिक सम्पर्कमा रहँदै गरेको पनि सपना देख्ने गर्छ । प्रायः युवाअवस्थामा यस्तो सपना देखिने गर्छ । जसलाई ‘नाइट फल’ पनि भनिन्छ । यस्तो सपनाले के संकेत गर्छ त ?

शारीरिक सम्पर्कको सम्बन्धमा सपना देख्नु आमविषय हो । यस्तो सपनाले कामेच्छाको संकेत दिन्छ । यस्तो सपनाको अर्थ हुन्छ कि तपाईंले प्रयास गरे पनि सम्भोगको आवश्यकता पूरा गर्न पाउनुभएको छैन । तपाईंको मस्तिष्कले दिएको संकेत यही हो । यस्तो सपनापछि आफ्नो दिमागलाई शान्त राख्ने प्रयास गर्नुपर्छ ।

कहिलेकाहीँ मानिसले अपरिचित व्यक्तिसँग पनि सम्भोग गरेको सपना देख्छन् । कुनै परिचित मानिसको स्वभाव वा व्यवहारबाट प्रभावित भएको अवस्थामा पनि यस्तो सपना देखिन्छ । वा, अरू कोहीजस्तो बन्न चाहेको अवस्थामा देखिन्छ । त्यसैले यस्तो सपनाबाट बच्न आफ्नो व्यवहार सुधार्ने प्रयास गर्न आवश्यक हुन्छ ।

कहिलेकाहीँ आफ्नो मालिकसँग समेत सम्भोग गरेको सपना देख्छ मानिस । यस्तो सपना देखेमा मालिकबाट टाढा हुनुपर्छ भन्ने भ्रम पाल्नुहुँदैन । कुनै अफिसमा काम गर्ने मानिसलाई यस्तो सपना देख्नुलाई सामान्य रूपमा नै लिइन्छ । यसको अर्थ हुन्छ कि सम्बन्धित व्यक्ति मालिकसँगै धेरै कुरा सिक्न चाहन्छ वा नयाँ प्रकृतिको सम्बन्ध कायम गर्न इच्छा राख्छ ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.