समाचार

यस्ता जोखिम देखिन्छन् गर्भावस्थामा

महिना अगाडि

गर्भावस्था आफैंमा एउटा जोखिमपूर्ण अवस्था हो । यस अवस्थामा जबसम्म बच्चा जन्मिदैन तबसम्म गर्भवती महिला सचेत रहनुपर्छ, तर तनाव लिनु चाहिँ हुँदैन । कुनै समस्या कसैलाई सामान्य हुन सक्छ र सोही समस्या कसैलाई जोखिमपूर्ण हुनसक्छ । जोखिमपूर्ण भएमा अस्पतालमा भर्ना भएर उपचार गराउनु पर्ने हुन सक्छ ।

असामान्य बान्ता
अधिकांश गर्भवतीलाई पहिलो तीन महिनामा बान्ताले सताउन सक्छ तर बान्ताकै कारण कति गर्भवतीहरुलाई पटक पटक अस्पतालमा भर्ना गर्नु पर्छ । बान्ता रोक्ने औषधि खाएर पनि नरोकिएको अवस्थालाई हाइपरइमेसिस् ग्राभिडम् भनिन्छ ।

यस्तो स्थिति प्राय पहिलो पटकको गर्भमा बढी भएको पाइन्छ । गर्भमा एकभन्दा बढी शिशु रहेमा तथा अव्यवस्थित गर्भ रहेको अवस्थामा पनि बान्ता बढी हुने गरेको देखिन्छ । यो समस्या वंशाणुगत पनि हुनसक्छ । गर्भावस्थामा एचसीजी हर्मोनको मात्रा बढ्छ र यस हर्मोन बढेर शरीरमा आउने परिवर्तनले पनि धेरै वान्ता हुने गर्छ ।

सबै अवस्थामा एचसीजी हर्मोन अत्याधिक हुनुका कारण पत्ता लगाउन सकिँदैन । तर गर्भमा धेरै पानी हुने, दुई वा सोभन्दा बढी बच्चा हुने अवस्थाहरुमा यो हर्मोनको मात्रा बढेको पाइन्छ । यसबाहेक भिटामिन बी वा प्राटिनको कमी हुनु तथा मानसिक समस्याहरुले हाइपरइमेसिस् ग्राभिडम् गराउन सक्छ ।

तर गर्भावस्थामा पनि अन्य रोग, जस्तै( पिसाबको संक्रमण, पेटको अल्सर, एपेन्डिसाइटिस, पित्त थैलीको संक्रमण, कलेजोको संक्रमण आदिले धेरै बान्ता गराउन सक्छ । बान्ता भइरहेमा शरीरबाट धेरै पानी तथा लवण खेर जान्छ । त्यसैले यस अवस्थामा विरामीलाई अस्पताल भर्ना गरेर नशाबाट औषधि तथा तत्व र पानी दिनुपर्ने हुन्छ ।


उच्च रक्तचाप

गर्भावस्थामा हुने अर्को प्रमुख समस्या उच्च रक्तचाप हो । अन्य रोगको कारण पनि उच्च रक्तचाप भएको हुन सक्छ वा उच्च रक्तचाप पहिलोपटक गर्भावस्थामा देखिन सक्छ । २० साताको गर्भवती महिला वा शिशु पाएको २४ घण्टाभित्र लगातार रक्तचाप १४०र९० हुनु वा कम्तीमा ४ घण्टाको परक पारेर दुई पटक रक्तचाप नाप्दा १४०र९० हुनु ९पहिलो रक्तचाप समान्य रहेको अवस्थामा० लाई गर्भावस्थाको रक्तचाप वा गेस्टेसलन हाइपर टेन्सन भनिन्छ । यस्तो अवस्थामा गर्भको शिशु तथा आमाको मृत्यु हुने सम्भावना त कम हुन्छ, तर अर्को पटक गर्भवती हुँदा रक्तचाप बढी हुने तथा अन्य समस्या देखा पर्न सक्ने डा। बालकृष्ण साहले बताए ।

उच्च रक्तचापसँगै पिसाबमा प्रोटिन देखिनुले ठूलो समस्या ल्याउन सक्छ । यसबाट आमा बेहोस हुने, रक्तचाप बढ्ने हुँदा अचेत भएर आमाको मृत्युसमेत हुनसक्छ । यस्तो शिशुको कम तौल हुनु, महिना नपुग्दै जन्मिनु वा गर्भमै बच्चाको मृत्यु हुनु जस्ता समस्या आउन सक्छन् ।

सालनालमा गडबडी बढी देखा पर्ने यस्तो समस्यालाई प्री(इक्लाम्पसिया भनिन्छ । शरीरका सम्पूर्ण रक्तनली, विषेशगरी पाठेघर, मिर्गौला र मस्तिष्कका रक्तनलीहरु आवश्यकभन्दा बढी संकुचित भएका कारण उच्च रक्तचाप तथा तथा प्री(इक्लाम्पसिया हुन्छ । प्री(इक्लाम्पसिया भएको गर्भवती एकपटक मात्र पनि अचेत हुने वा बेहोस हुने अवस्थालाई इक्लाम्पसिया भनिन्छ ।

इक्लाम्पसिया भएकी गर्भवती र गर्भमा रहेको बच्चाको खतरा बढेर जान्छ । नेपाल डेमाग्राभी एण्ड हेल्थ सर्भे २०१६ काअनुसार गर्भावस्थामा उच्च रक्तचाप र यसका जटिलताको कारण २१ प्रतिशत मातृ मृत्यु हुने गरेको छ, जुन अन्य सबै कारणहरुभन्दा बढी हो ।

पिसाबको संक्रमण

गर्भावस्थामा पिसाबको संक्रमणले पनि उत्ति नै दुःख दिइरहेको हुन्छ । महिलाहरुमा पिसाबको संक्रमण हुने सम्भावना बढी हुन्छ । यस अवस्थामा पिसाबको स्टासिस् अर्थात पिसाब थैलीमा बढी समय पिसाब जम्ने भएकाले संक्रमण हुने सम्भावना अझै बढी हुन्छ । पिसाबको संक्रमण भएको अवस्थामा पेट दुख्ने, पिसाब छिनछिनमा जाने हुन्छ ।

कसैकसैलाई ज्वरो आउने पनि हुन सक्छ । पिसाबको संक्रमणलाई जतिसक्दो चाँडो पत्ता लगाएर उपचार गर्नु आवश्यक हुन्छ । तर गर्भावस्थामा प्रयोग गरिने औषधि गर्भलाई असर नगर्ने हुनु पर्छ ।

इक्टोपिक प्रिग्नेन्सी

गर्भावस्थामा अर्को ठूलो जोखिम हो ‘इक्टोपिक प्रिग्नेन्सी’ । गर्भ रहनु भनेको पुरुषको शुक्रकिट र महिलाको अण्डको उर्वरीकरण अर्थात् फर्टिलाइजेसन हुनु हो र यो महिलाको अण्डवाहिनी नलीमा हुन्छ । फर्टिलाइजेसनपछि बनेको जाइगोट अर्थात् गर्भ पाठेघरमा टाँसिन्छ वा इन्प्लान्ट हुन्छ । त्यसपछि पाठेघरमा भु्रणको रुपमा विकास हुन्छ । तर जाइगोट पाठेघरमा नटाँसिएर अन्य कुनै भागमा, विशेष गरी अण्डबाहिनी नलीमा टाँसिनुलाई इक्टोपिक प्रिग्नेन्सी भनिन्छ । सामान्यतयः यस किसिमको समस्या १ प्रतिशत गर्भमा देखिन सक्छ र यो गम्भीर समस्या हो ।

पछिल्लो समयमा इक्टोपिक प्रिग्नेन्सी बढेको देखिन्छ । जोसुवा एच बारसर र उनको समूहले सन् २०१४ को जुलाईमा प्रकाशन गरेको एक अध्ययनले अमेरिकामा १(२ प्रतिशत गर्भ इक्टोपिक हुने गरेको र यसैको कारणले ९ प्रतिशत गर्भवतीहरुको मृत्यु हुने गरेको देखाएको छ ।

मडु एई र उनका साथीहरुले बेलायतको नर्थ टेनिसाइड जनरल अस्पतालमा गरेको अध्ययनले बेलायतमा १ दशमलव १५ प्रतिशत गर्भ इक्टोपिक हुने गरेको र यसैको कारणले ४ प्रतिशत गर्भवतीहरुको मृत्यु हुने गरेको देखाएको छ ।

नेपालमा पनि यसबारे धेरै अध्ययनहरु भएका छन् । डा।चन्दा कार्कीको समूहले बी एण्ड बी अस्पतालमा सन् १९९७ देखि सन् २००५ सम्म आठ वर्ष लगाएर अस्पतालमा भर्ना गरिएका ४ हजार ८ सय ६० गर्भवतीहरुमा गरेको अध्ययनले १ दशमलव ८ प्रतिशतमा इक्टोपिक प्रिग्नेन्सी भएको देखाएको थियो ।

अहिलेको अवस्थामा पनि इक्टोपिक प्रिग्नेन्सी हुनुका कारणहरु सजिलै पत्ता लगाउन सकिँदैन । अधिकांश अवस्थाहरुमा कारण पत्ता लाग्दैनन् । अण्डबाहिनी नलीमा संक्रमण हुनु तथा यसको चाल कम हुनु इक्टोपिक प्रिग्नेन्सीका कारण हुन सक्छ । पछिल्लो समयमा पीआईडी अर्थात अण्डासय, अण्डबाहिनी नली र पाठेघरको संक्रमण हुने क्रम बढ्दो छ । पीआईडी बढेसँगै इक्टोपिक प्रिग्नेन्सी पनि बढ्दै गएको देखिएको छ । त्यसैले पनि पीआईडी इक्टोपिक प्रिग्नेन्सीको प्रमुख कारण हो भन्दा फरक नपर्ला ।

महिलाको उमेर बढी हुनु, बाँझोपनको उपचार गरेर रहेको गर्भ, धूमपानको सेवन, धेरै पटक गर्भपतन गराएको तथा पहिले पनि इक्टोपिक भइसकेका महिलाहरुमा इक्टोपिक प्रिग्नेन्सी बढी हुने गरेको देखिए तापनि यसै कारणले मात्र यो हुन्छ भन्न सकिन्न । कुनै समस्या नरहेको महिलाहरुमा पनि इक्टोपिक प्रिग्नेन्सी हुन सक्छ, त्यसैले गर्भ रहेको ६ देखि ८ हप्तामा परीक्षण गर्नु तथा भिडियो एक्सरे गर्नु बुद्धिमानी हुन्छ ।

इक्टोपिक प्रिग्नेन्सी हुनेवित्तिकै शल्यक्रिया गर्नुपर्ने हुन्छ भन्ने छैन । तर ‘इक्टोपिक रप्चर’ अर्थात त्यस्तो गर्भ फुटेर आएपछि शल्यक्रियाको विकल्प हुँदैन र समयमा शल्यक्रिया गरेर फुटेको ठाउँबाट हुने रक्तश्राव रोक्न नसके गर्भवतीको मृत्यु निश्चित हुन्छ ।

तर इक्टोपिक प्रिग्नेन्सी रप्चरभन्दा अगाडि नै पत्ता लगाउन सकिएको अवस्थाहरुमा औषधिले पनि उपचार सम्भव हुन सक्छ । यस अवस्थामा गर्भवतीलाई भर्ना गरेर, आवश्यक परीक्षणहरु गरेर गर्भ नष्ट हुने औषधि प्रयोग गरिन्छ । जबकी यस अवस्थामा ज्यादै न्युन संख्यामा गर्भवतीहरु आउने गरेको पाइन्छ । अधिकांश इक्टोपिक फुटेर गम्भीर अवस्थामा मात्र अस्पताल आउने गरेको पाइएको छ ।

इक्टोपिक प्रिग्नेन्सी रप्चर भएको अवस्थामा अत्याधिक पेट दुख्नु, पेट फुलेको देखिनु, गर्भवती पहेँलो हुँदै जानु वा सिकिस्त विरामी हुँदै जानु थप लक्षणहरु हुन् । इक्टोपिक प्रिग्नेन्स को समयमा उपचार गरे गर्भवतीलाई जोगाउन पनि सकिन्छ र फेरि गर्भधारण गर्न सक्ने पनि हुन सक्छ । इक्टोपिक प्रिग्नेन्सी भएका महिलाले फेरि गर्भधारण गरेको र जुम्ल्याहा बच्चा जन्माएको उदाहरण पनि नेपालमा छ ।

त्यसैले इक्टोपिक प्रिग्नेन्सी भयो भन्दैमा आत्तिहाल्नु हुँदैन । बरु हरेक गर्भ इक्टोपिक हुन सक्छ र सम्भव भएसम्म सावधानी अपनाउनु पर्छ । गर्भको योजना बनाउनु अगाडि नै चिकित्सकसँग परामर्श गर्नु, पीआईडीको उपचार गर्नु, धूमपान नगर्नु जस्ता चलाखीले इक्टोपिक प्रिग्नेन्सी हुनबाट केही हदसम्म बचाउन सक्छ । गर्भ रहेको थाहा पाउनेवित्तिकै नियमित परीक्षणहरु गर्नु तथा ६ देखि ८ हप्ताभित्र अल्ट्रासाउण्ड अर्थात् भिडियो एक्सरे गर्नाले इक्टोपिक प्रिग्नेन्सीको जटिलताबाट बचाउन सकिन्छ ।

जोखिमहरुबाट जोगाउन के गर्ने

हतारमा गर्भवती हुने अनि आपतमा आत्तिने गर्नु हुँदैन । गर्भको योजना बनाएर मात्र गर्भ राख्नुपर्छ । २० वर्ष नपुग्दै तथा ३५ वर्ष पार गरी सकेपछि गर्भ राख्दा जोखिम बढ्ने सम्भावना हुन्छ । त्यस्तै जन्मान्तर कम गर्नु र धेरै सन्तान पाउनु पनि राम्रो होइन ।

गर्भको योजना बनाउनु पर्छ र कम्तिमा ३ महिना अगाडिदेखि शारीरिक, मानसिक रुपमा तयार भएर फोलिक एसिड औषधि शुरु गर्नुपर्छ । गर्भवतीले मानसिक तनाव लिने, धेरै धपेडी वा दौडधुप गर्ने जस्ता गतिविधि कम गर्नुपर्छ । नियमित गर्भको परीक्षण र चिकित्सकको परामर्शले यस्ता जोखिमहरुमा कमी ल्याउन सकिन्छ ।


(लेखक मोरङ्ग सहकारी अस्पताल, बिराटनगरका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।)

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.