समाचार

बालिकालाई ज्वरो आउँदा के गर्ने, के नगर्ने ?

महिना अगाडि

गर्मी याम सुरुभएसँगै बालबालिकामा विभिन्न रोगहरुले सजिलै आक्रमण गर्छ । अझ वर्षायाममा मौसममा फेरवदल भइरहने हुँदा बालबालिकामा सरुवा रोगको प्रकोप झनै बढी हुन्छ । भाइरल एक प्रकारको सरुवा रोग हो र यो मौसममा यसको संक्रमण धेरै हुने गर्छ ।

सामान्यत भाइरलको संक्रमण हावाबाट सर्ने भएकाले पनि छिटै फैलिन्छ । हावा, पानीका कारण हुने यस्तो रोग गर्मी मौसममा बढी हुने चिकित्कसहरुले बताउँदै आएका छन् ।

बालबालिकाहरुलाई यो मौसममा भाइरल ज्वरोले धेरै नै दुःख दिने गरेको हुन्छ । बालबालिकामा छिटै फैलने भाइरल ज्वरो र अविभावकले अपनाउनुपर्ने सावधानीका बारेमा नेपाल मेडिसिटी अस्पतालकी बाल रोग विशेषज्ञ डा। अन्ना शर्मासँग हामीले कुराकानी गरेका छौं ।

बालबालिकामा धेरै भाइरल ज्वरोको समस्या देखिनुको कारण के होला र?

भाइरल ज्वरो आउनुका थुप्रै कारणहरु छन् । भाइरल ज्वरो मूलतः भाइरसका कारणहुन्छ । भाइरस नै संक्रमणको मुख्य कारक तत्व हो ।

भाइरसले धेरै कुरा गराउन सक्छ । भाइरसबाट हुने रुघाखोकी एकदमै छिटो सर्छ । घरमाकसैलाई रुघाखोकी लागेको छ भने त्यो बच्चामा छिट्टै सरिहाल्छ । भाइरल संक्रमणको मुख्य लक्षण भनेको साधारण रुघा लाग्ने, खोकी लाग्ने र ज्वरो आउने हो । सामान्यतः यस्तो समस्यामा औषधी खाइबस्नु पर्दैन । हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले त्यसकाविरुद्ध लड्ने काम गर्छ । फलतःनिश्चित समयमा समस्या आफै ठिक भएर जान्छ ।

भाइरल संक्रमणको मुख्य लक्षण भनेको साधारण रुघा लाग्ने, खोकी लाग्ने र ज्वरो आउने हो । सामान्यतः यस्तो समस्यामा औषधी खाइबस्नु पर्दैन ।

यस्तो समस्यामा लक्षणात्मक उपचार गर्नुपर्छ । जस्तो, ज्वरो आयो भने सामान्य प्यारासिटामोलबाटै केही दिनमा ठिक हुन्छ । त्यसको लागि भिन्दै र कडाखालका औषधि वा एन्टिबायोटिकहरु लिनु आवश्यक छैन । तर, सामान्य ज्वरो मात्रै हैन, त्यसबाहेकका अन्य समस्याहरु पनि सँगसँगै देखापर्न सक्छ । जस्तै घाँटीको इन्फेक्सन हुने अथवा त्यही भाइरल ज्वरोबाट कहिलेकाँही छातीको इन्फेक्सन पनि हुनसक्छ । यस्तोमा भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ ।

भाइरल संक्रमणबाट अन्य समस्या पनि हुन्छन् र ?

हुन्छन् । भाइरलबाट हुनेअर्को मुख्य समस्या झाडापखाला पनि हो । यो वर्षायाममा बढी हुनेगर्छ । झाडापखाला भन्नेवित्तिकै हामीलाई अरु इन्फेक्सनले होकि भन्ने लाग्छ । तर भाइरस नै यसको कारक तत्व हो ।

८० प्रतिशत झाडापखाला भाइरस कै कारण हुने गर्छ । सामान्य अवस्थामा छ भने एन्टिबायोटिकको प्रयोग नगरी निको बनाउने कोशिश गर्नुपर्छ । तर च्याप्दै गयो भने चाहिँ एन्टिबायोटिकको आवश्यकता पनि पर्छ ।

८० प्रतिशत झाडापखाला भाइरसकै कारण हुने गर्छ । सामान्य अवस्थामा छ भने एन्टिबायोटिकको प्रयोग नगरी निको बनाउने कोशिशगर्नुपर्छ । तर च्याप्दै गयो भने चाहिँ एन्टिबायोटिकको आवश्यकता पनि पर्छ ।

बच्चालाई झाडा पखाला भयो भनेसहयोगात्मक उपचार सुरु गरिहाल्नुपर्छ । जस्तोः जीवनजल पानी खुवाउने,बच्चाले पिसाब फेरेको छ कि छैन ख्याल गर्ने, दूधखाने बच्चालाई आमाको दूध धेरै मात्रामा खुवाइराख्ने र झोल पदार्थ धेरै मात्रामा दिने गर्नुपर्छ ।

यो बिरामीलाई सजिलो पार्ने उपाय मात्रै हो र यसले ठीक हुन३ देखि ५ दिनको समय लिन्छ । बच्चालाई झाडापखाला लाग्यो भने शरीरमा पानीको मात्रा कम हुन नदिनेबारे विशेष ख्याल गर्नुपर्छ । झाडापखाला लागिबस्ने तर दूध तथा अन्य झोलिलो खानेकुराहरु पर्याप्त मात्रामा खुवाइएन भने बच्चालाई जलविनायोजन (डिहाइड्रेसन)को समस्या हुन सक्छ । त्यस्तो समस्याबाट बच्चालाई बचाउनु पर्छ । माथि उल्लेख गरिएको तरिका अपनाउँदा विरामीको शरीरमा झाडापखालाका कारण पानीको मात्रा कम हुन पाउँदैन ।

झाडापखाला लागिरहने तर दूध तथा अन्य झोलिलो खानेकुराहरु पर्याप्त मात्रामा खुवाइएन भने बच्चालाई जलविनायोजन (डिहाइड्रेसन)को समस्या हुन सक्छ । त्यस्तो समस्याबाट बच्चालाई बचाउनु पर्छ ।

बच्चाहरुमा देखिने मुख्य भाइरलमा घाँटीको संक्रमण पनि हो । बच्चामा घाँटीको संक्रमण भएमा स्याँस्याँ गर्ने, खान मन नगर्ने हुन्छ । यस्तो अवस्थामा पनि घरमै उपचार गरेर बस्नु हुँदैन । चिकित्सकको सल्लाह लिईहाल्नु उचित हुन्छ ।

गर्मी अझ वर्षायाममा हुने यस्ता भाइरल संक्रमणबाट बच्चाहरुलाई बचाउन कस्ता सावधानी अपनाउन सकिन्छ ?

भाइरलमा धेरैजसो बच्चाहरु रुघाखोकीबाट नै संक्रमित हुने गर्छन् ।रुघाखोकी लागेर ज्वरो नै आएको छ भने बच्चालाई स्कुल नपठाउने । भाइरल संक्रमण हावा र सम्पर्कको माध्यमबाट छिटो फैलिने रोग हो । त्यसैले धेरैजसो रोगहरु स्कुलबाट नै फैलने सम्भावना बढी हुन्छ । यही कारण नै विरामी बच्चालाई स्कुल नपठाउने र घरमै राखेर आराम गराउने गर्नुपर्छ ।

त्यसैगरी, संक्रमित बच्चाका लागि छुट्टै तौलिया प्रयोग गर्नुपर्छ, जुठो खाने खुवाउने काम गर्नु हुँदैन । घर तथा बाहिर निस्किँदा मास्कको प्रयोग गर्ने गर्नुपर्छ ।

बच्चालाई जंक खानेकुराहरु दिनुहुँदैन । झोल पदार्थ प्रशस्त खुवाउनुपर्छ । साथसाथै, बच्चालाई उमालेको पानी बेला बेला दिइरहने गर्नुपर्छ ।

अर्को, बच्चालाई जंक खानेकुराहरु दिनुहुँदैन । झोल पदार्थ प्रश्स्त खुवाउनुपर्छ । साथसाथै, बच्चालाई उमालेको पानी बेला बेला दिइरहने गर्नुपर्छ । यसो गर्दा धेरैजसोसंक्रमणहरुलाई घरमै पनि निको पार्न सकिन्छ ।

त्यसैगरी, बच्चाहरुमा गर्मी मौसममा भाइरलबाहेक देखिने समस्या टाइटफाइड र जन्डिस (हेपाटाइटिस ए)पनि हुन् ।

गर्मी मौसममा धेरैजसो खानाबाट र पानीबाट सर्ने रोगहरु लाग्ने भएकाले विशेष सावधानि अपनाउनु जरुरी हुन्छ ।

भाइरल भइसकेको खण्डमा अस्पताल लगिहाल्नु पर्छ कि घरमै सामान्य उपचार गराउँदा ठिक हुन्छ ?

धेरैलाई अस्पताल लैजान पर्दैन । भाइरल ज्वरो आएर पनि बच्चा खेलिरहेको छ, खोक्दै पनि बच्चा खेलिरहेको छ, बच्चा सक्रिय नै छ, खाना खाइरहेको छ, दूध खाइरहेको छ भने डराउनुपर्दैन ।

ज्वरो १ सय डिग्रीभन्दा बढी भयो भने डाक्टरसँग सल्लाह गरेर बच्चाको उमेर र वजन अनुसार मात्रा मिलाएर सिटामोल दिनुपर्छ । आत्तिएर अस्पताल दौडाइहाल्नु पर्दैन ।

ज्वरो १ सय डिग्रीभन्दा बढी भयो भने डाक्टरसँग सल्लाह गरेर बच्चाको उमेर र वजन अनुसार मात्रा मिलाएर सिटामोल दिनुपर्छ । आत्तिएर अस्पताल दौडाइहाल्नु पर्दैन । सामान्य विरामीमा के गर्ने औषधी कसरी खुवाने भन्नेवारे अविभावकले जानकारी राख्नु धेरै बुद्धिमानी हुन्छ । यसले गम्भिर संक्रमणबाट बच्चालाई जोगाउन सकिन्छ ।

कहिलेकाँही भने भाइरल नै भएपनि सावधानि अपनाउनु पर्छ । जस्तोः बच्चाले छिटो–छिटो श्वास फेर्यो, घ्यार घ्यार गर्यो, बच्चा सुस्त हुन थाल्यो र बच्चा आलस्य देखिन थाल्यो भने अस्पताल लैजानुपर्छ ।

केही दिनमा संक्रमणको असर कम भएन, उल्टै बढ्दै गयो, बिरामीलाई गाह्रो पर्दै गयो भने चाहिँ तुरुन्तै चिकित्सकसँग सल्लाह लिइहाल्नुपर्छ ।

र झाडापखालाको सन्दर्भमा दिसापिसाब गरिरहेको छ भने आत्तिनुपर्दैन तर, झाडापखाला लागेपछि बच्चालाई पानीको कमीले जलविनियोजन हुनसक्नेमा भने विशेष ध्यान दिनुपर्छ ।

जस्तोः बच्चाले पाँच वा छ घण्टासम्म पिसाब फेरेन, जे खायो त्यही नै बान्ता वा दिशा गर्ने जस्ता लक्षण देखायो भने अस्पताल लगिहाल्नुपर्छ ।

बच्चाहरुलाई एन्टिबायोटिक दिनु कत्तिको उचित हो?

एन्टिबायोटिक भनेको ब्याक्टेरियाको संक्रमणमा दिइन्छ । जस्तो ब्याक्टेरियाको कारण समस्याभएको छ भने त्यो अवस्थामाएन्टिबायोटिक दिनुपर्छ । तर ज्वरो आउँदैमा एन्टिबायोटिक दिइहाल्नुपर्दैन ।

तीन वा चार दिन सामान्य ज्वरो आउँदैमा औषधि चलाइहाल्नु पर्दैन । तर टन्सिल भएको छ र टन्सिलमा पहेलो भएको छ, छातीमा निमोनियाको लक्षण छ र छात्तीमा इन्फेक्सन छ भने एन्टिबायोटिक दिनुपर्छ ।

समस्या भाइरसका कारण भएको हो भने त्यसमा एन्टिबायोटिक दिनु र नदिनुले खासै फरक पार्दैन । बुझ्नुपर्ने कुरा के हो भने एन्टिबायोटिकले ब्याक्टेरियाको संक्रमणमा काम गर्छ, भाइसरको संक्रमणमा काम गर्दैन ।

तर समस्या भाइरसका कारण भएको हो भने त्यसमा एन्टिबायोटिक दिनु र नदिनुले खासै फरक पार्दैन । बुझ्नुपर्ने कुरा के हो भने एन्टिबायोटिकले ब्याक्टेरियाको संक्रमणमा काम गर्छ, भाइसरको संक्रमणमा काम गर्दैन । त्यसैले भाइरस समस्यामा एन्टिबायोटिक दिनुको खासै अर्थ हुँदैन । भाइरल समस्या निश्चिय समयावधिपछि हाम्रो शरीरको रोगप्रतिरोधी क्षमताको कारण निको भएर जान्छ ।

आवश्यक नै नहुने समस्यामा पनि एन्टिबायोटिक प्रयोग गर्नु खतरनाक हुन सक्छ । जथाभावी एन्टिबायोटिक चलाउन थालियो भने पछि एन्टिबायोटिकले काम नगर्ने हुन्छ । कडा खालको एन्टिबायोटिकहरु चलाउनुपर्ने बाध्यता आइलाग्छ । रगत परीक्षण गरेर भाइरल हो वा ब्याक्टेरिया हो छुट्याएर आवश्यक पर्दा मात्रैएन्टिबायोटिकको प्रयोग गर्नु उचित हुन्छ ।

बच्चालाई ज्वरो आउँदा ज्वरो घटाउन पानी पट्टी गर्नुपर्छ भनिन्छ । त्यो पानी पट्टी गर्दा चिसो पानीले गर्ने कि तातो पानीले गर्ने भन्नेमा द्विविधा रहेको पाइन्छ । कुन उमेरका बच्चालाई कसरी पानी पट्टी गर्ने?

ज्वरो घटाउने पहिलो उपाय पानी पट्टी हो । औषधि खायो भने पनि औषधिले काम गर्न आफ्नै समय लिन्छ । त्यसैले ज्वरो आउँदा पानी पट्टी गरिराख्नु राम्रो कुरा हो ।

कुनै कुनै बच्चा अत्यधिक ज्वरोले बेहोस हुन सक्छन् । त्यसले नकारात्मक असरहरु पार्छ । त्यसैलेअत्यधिक ज्वरो आउँदा मनतातो पानीले पानी पट्टी गरिराख्नुपर्छ ।

पानी पट्टी गर्दा एकदमै ध्यान दिनुपर्ने के हो भने बच्चालाई चिसो लाग्छ भनेर कसैकसैले तातोपानीको वा चिसोपानीको पनि पट्टी लगाउँछन् । त्यो गलत हो । बच्चालाई पानीपट्टी मनतातो पानीले दिनुपर्छ ।

पानी पट्टी गर्दा एकदमै ध्यान दिनुपर्ने के हो भने बच्चालाई चिसो लाग्छ भनेर कसैकसैले तातोपानीको वा चिसोपानीको पनि पट्टी लगाउँछन् । त्यो गलत हो । बच्चालाई पानीपट्टी मनतातो पानीले दिनुपर्छ । साना बच्चालाई धेरै चिसो पानीले गर्दा पनि हातगोडा एकदमै चिसो भइदिन्छ । जसले गर्दा हातगोडा निलो हुने सम्भावना बढी हुन्छ ।

बच्चालाई नुहाउँदा हामीले प्रयोग गर्ने स्तरको मनतातो पानीले पानीपट्टी गर्नु सबैभन्दा ठीक र सजिलो उपाय हो ।

ज्वरो आउँदापानीपट्टी दिनुको खास कारण शरीरको तापक्रमलाई सामान्यत अवस्थामा झार्नु हो । फेरि पानीपट्टी गर्दा निधारमा मात्रै गर्ने चलन छ । त्यो भन्दा राम्रो चाहिँ शरीरका सवै भागमा पानीपट्टी दिनुपर्छ ।

हाम्रो समाजमा बच्चालाई ज्वरो आउँदा गुम्स्याएर राख्ने चलन छ । ज्वरो आउँदा गर्नुपर्ने काम चाहिँ बच्चाको शरीरमा बढेको तापक्रमलाई घटाएर सामान्य अवस्थामा ल्याउने हो । त्यसैले गुम्याएर राख्नुको सट्टा खुकुलो लुगा लगाइदिएर, शरीरलाई सकेसम्म खुला राख्दा बढेको तापक्रम घट्न सहयोग पुग्छ । खुल्ला राख्दा तापक्रम घट्न जसरी सहयोग पुग्छ, गुम्स्याउदा ज्वरो घट्न नै पाउँदैन ।

त्यसैले ज्वरो आउँदा कपडा कम लगाइदिने, झ्याल ढोका खुल्ला राख्ने र पानी पट्टी गर्दा हात गोडा निधार सबैतिर गर्नेगर्नुपर्छ । र बच्चाले पानी पट्टि गर्न मानेन भने मज्जाले हातगोडा धोइदिँदा पनि हुन्छ ।

साना बच्चा हुने आमा वावुले घरमा प्यारासिटामोल राख्नु सबैभन्दा राम्रो हुन्छ । ज्वरो आउँदा त्यसको प्रयोगबारे जानकारी पनि राखिराख्नुपर्छ । रातविरात वा आपतकालमा बच्चालाई अत्यधिक ज्वरो आएको खण्डमा प्यारासिटामोल खुवाउन सकिन्छ । यसका साथै झोल पदार्थ वा दूध चुसाइराख्नु पर्छ ।

दूध खुवाउने आमाले बच्चा बिरामी भएपछि मुख बार्ने चलन छ, यो कति जायजहो?अनि बच्चा बिरामी हुँदा अविभिावकले कस्तो कुरामा विशेष ध्यान दिनुपर्छ ?

बच्चालाई ज्वरो आएपछि भात खान नदिने चलन छ, त्यो ठीक होइन ।बच्चालाई खाना खुवाउन रोक्नु हुँदैन । ज्वरो आएपछि भात खानुहुँदैन भन्ने होइन । यसै त बच्चाले धेरै कुरा खाँदैन,अझ मुख बार्ने हो भने बच्चा झनै कमजोर हुन्छ । त्यसैले ज्वरो आउँदैमा मुख बार्नुपर्ने आवश्यकतानै छैन ।

यसै त बच्चाले धेरै कुरा खाँदैन, अझ मुख बार्ने हो भने बच्चा झनै कमजोर हुन्छ । त्यसैले ज्वरो आउँदैमा मुख बार्नुपर्ने आवश्यकता नै छैन ।

बच्चाले जे खाइरहेको छ त्यही खाइरहन दिनुपर्छ । तर, बाहिरको प्याकेटका खानाहरु भनेखान दिनुहुँदैन । घरमै बनेको साधारण दाल, भात, लिटो, दूध आदि खान दिनुपर्छ । झोल चिज, तागतिलो खानेकुराहरु अलि बढी मात्रामा दिनुपर्छ ।

स्तनपान गराउने आमाले पनि सामान्य खाना बार्नुपर्दैन । आमाले झन् धेरै खानेकुरा खाने गर्नुपर्छ । बच्चालाई धेरै स्तनपान गराउन पर्ने भएकाले धेरै मात्रामा झोल पदार्थ पिउँने गर्नुपर्छ ।

कतैकतै आमाले जे खायो त्यसको असर बच्चामा पर्ने भनिन्छ तर मेडिकल साइन्समा त्यस्तो कहिकतै उल्लेख छैन । त्यो हाम्रो परम्परागत सोच हो । आमाले खाना बार्ने, बच्चालाई सन्चो छैनभनेर स्तनपान नगराउने, ज्वरो आयो भनेर फलफूल नै खान नदिनु गलत हो ।

आमाबाबुले बच्चाको अवस्थामा कस्ता परिवर्तन आउँछन् भन्नेमा विशेष ध्यान दिनुपर्छ । बच्चा सुस्त भयो, उसले सामान्य अवस्थामा गरिरहने क्रियाकलाप गरेन, झिँझो मानिबस्यो भने विशेष ख्याल गर्नुपर्छ । त्यस्तो अवस्थामा तुरुन्त चिकित्सकको सल्लाह लिनपर्छ ।

हामीकहाँ मेडिकलबाट सोझै औषधी किनेर खुवाउने पनि गरिन्छ । यो खराव तरिका हो, औषधी, अनि औषधीको मात्रा नमिलेमा त्यसले उल्टो असर देखाउँछ भन्ने बुझ्नु पर्छ ।

औषधीको सेवन गराउँदा चिकित्सकको सल्लाह लिनुपर्छ । औषधि सेवन गराउँदा मात्रा पुर्याउनुपर्छ । हामीकहाँ मेडिकलबाट सोझै औषधी किनेर खुवाउने पनि गरिन्छ । यो खराव तरिका हो, औषधी, अनि औषधीको मात्रा नमिलेमा त्यसले उल्टो असर देखाउँछ भन्ने बुझ्नु पर्छ । त्यसैले चिकित्सकको सल्लाहमा मात्र खुवाउनु पर्छ ।

अन्त्यमा, बालरोग विशेषज्ञको नाताले केही सुझाव छ ?

बच्चाहरुको भविष्य सानैदेखि हुने वृद्धिविकासमा निर्भर हुन्छ । विरामी भएर मात्रै डाक्टरकोमा जाने होइन । उनीहरुको तौल के छ ? उचाई के छ ? वृद्धिदर कस्तो छ ? शारीरिक विकास कस्तो छ ? आदि को बारेमा जानकारी लिन जरुरी हुन्छ ।

कुपोषण मात्र होइन, अहिलेको बच्चाहरुमा मोटोपनको समस्या पनि उत्तिकै पाइन्छ । त्यसैले हरेक अविभावकले बच्चाहरुलाई बजारमा किन्न पाइने अस्वस्थकर खानेकुराहरुको सट्टामा घरकै खाना खुवाउने, सरसफाइमा ध्यान दिने, खोपहरुको मात्रा पुर्याउने जस्ता कुरामा ध्यान दिनुपर्छ ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.