समाचार

यस्ता छन् माछा खानुका फाइदा

महिना अगाडि

यदि तपाई मांशाहारी हुनुहुन्छ भने माछा खानु निकै स्वास्थ्यवर्धक मानिन्छ । अन्य मासुहरुको तुलनामा माछाको सेवन कयौं गुणा राम्रो मानिन्छ ।

आउनुहोस् जानौं माछा खानुका फाइदा ।

  •  माछा खनाले उच्च रक्तचापलाई नियन्त्रण गर्न धेरै मद्दत गर्छ ।
  • माछाको सेवनले कलेजोमा लाग्ने विभिन्न रोगबाट बचाउन पनि सहयोग पुर्याउँछ ।
  • यदि तपाईं कुनै कारण बेड रेस्टमा हुनुहुन्छ भने नियमित माछा खनाले छिट्टै रिकभर हुन्छ ।
  • यदि तपाईं सधैं निरास देखिनु हुन्छ भने नियमित माछा खाने गर्नाले त्यतिकै खुसी हुने परिवर्तन आउन थाल्छ ।
  • माछा खाने गर्नाले निद्रा अत्यन्त राम्रो हुँदै जान्छ । जसले गर्दा तनावमा भए पनि मस्तिष्कले आराम पाउँछ ।
  • माछा या माछाको फूल खानाले छालासम्बन्धी सम्पूर्ण रोग निगाहा हुन्छ र डन्डिफोर आउने डर हुँदैन ।
  • शरीरमा कोलेस्टेरोल घटाउन मद्दत गर्छ ।
  • हार्टअट्याक हुनबाट बचाउन सहयोग गर्छ ।
  • क्यान्सर हुनबाट बच्चाउँछ ।
  • नियमित माछा खनाले दिमाग सधैं तेज रहने गर्छ ।
  • मुटु सम्बधी रोग लाग्नबाट बच्चाउँछ ।
  • माछाले डिप्रेसन हुनबाट बच्चाउँछ ।
  • माछामा प्रशस्त भिटामिन डी पाइने हुँदा क्याल्सियमका कारणले शरीरका हड्डी मजबुत बनाउँछ ।
  • आँखाको भिजन बढाउनुको साथै आँखालाई सधैं स्वस्थ्य राख्छ ।
  • शरीरिक वजन घटाउन पनि नियमित माछा खनाले धेरै हदसम्म मद्दत गरेको हुन्छ ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.