समाचार

माघ ६ देखि चमेलियाले उत्पादन थाल्ने

पुस २७, काठमाडौं । १० वर्ष अघिबाट निर्माण थालिएको ३० मेगावाटको चमेलिया जलबिद्युत आयोजनाले माघ ६ गते देखि विद्युत उत्पादन थाल्ने भएको छ । सन् २००७ मा निर्माण सुरु गर्दा यो आयोजना ८ अर्बमा निर्माण गर्ने भनिएको थियो । तर समयमै निर्माण सम्पन्न गर्न नसक्दा यो आयोजनाको लागत दोब्बरले बढेर १५ अर्ब पुग्न गएको छ । दार्चुलाको शिखर गाविसमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको निर्माणमा लेखा समितिले भ्रष्टाचार भएको आशंका गर्दै काम रोक्न निर्देशन दिएको थियो । जसका कारण एक वर्ष यसको निर्माण रोकिन पुगेको थियो । आयोजना प्रमुख अजय दाहालका अनुसार शुक्रबार देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिेनछ ।६ दिनको लोड रिजेक्सन र ३ दिनको रिलायबिलिटी टेस्ट गरेपछि यसले नियमित उत्पादन थाल्नेछ । आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको छ ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.