समाचार

विद्युत उत्पादन घट्यो

पुस ९,पर्वत । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घटेको छ। चिसो मौसमसँगै नदीको बहाव घटेपछि स्याङ्जाको मिर्मीमा रहेको आयोजनाले १ सय ४४ मेगावाट उत्पादन दिँदै आएकोमा यतिबेला दैनिक ८० मेगावाटमा झरेको छ। आयोजना प्रमुख राजेश पाण्डेका अनुसार,हिउँदमा पानीको बहाव घटेसँगै यसपटक ५५ प्रतिशतभन्दा बढी उत्पादन घट्ने देखिएको छ। उनले भने, ‘वर्षायामजस्तो फूल फेजको प्रोडक्सन भएको छैन।’ कालीगण्डकी मात्र नभई अन्य सहायक नदी र मूल सबैमा पानी घटेकाले त्यसको असर विद्युत् उत्पादनमा परेको पाण्डेले बताए। उक्त आयोजनामा वर्षायाममा तीनवटै टर्बाइनबाट विद्युत् उत्पादन हुने भए पनि हिउँदमा पानीको सतह कम हुँदा दुई ओटा टवाईन बन्द हुने गरेका छन्। नदीमा पानीको स्तर दिनदिनै घट्दै गइरहेको छ अघिल्ला वर्षहरुको तुलनामा नदीको बहाव सबैभन्दा कम भएको हो । पर्वत जिल्लाका अन्य जलविद्युत् केन्द्रमा पनि विद्युत् उत्पादन ह्वात्तै घटेको छ। १४.८ मेगावाटको मोदीखोला, १० मेगावाटको तल्लो मोदीखोला– १ र एक मेगावाटको पातीखोला जलविद्युत् केन्द्रमा पनि झण्डै ५० प्रतिशतले विद्युत् उत्पादनमा कमी आएको आयोजनाहरुले बताएका छन्।  

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.