समाचार

उर्जामन्त्री शाहीलाई देशको चिन्ता ‘भाषणले होईन कामले देश उज्यालो बनाऔ’

साउन २७, काठमाण्डौ । उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले यूवाहरु मुलुक निमार्णका लागि गम्भिर बन्नुपर्ने बताएका छन् । यूवा गैर सरकारी संस्था महाँसंघ नेपालले राजधानीको पर्यटन बोर्डमा आयोजना गरेको यूवा सम्मेलन २०७४ को सम्बोधन गर्दै मन्त्री शाहीले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दे सो कुरा बताएका हुन । यूवाहरुले अरुलाई दोष दिएर मात्रै मुलुक निमार्ण नहुने बताउँदै मन्त्री शाहीले भने,‘यूवाहरु विहानीका घाम हुन, बृद्धाहरु अस्ताउन लागेका घाम हुन, यूवाको काँधमा मुलुकको ठुलो भूमिका छ, यो यूग भनेको कामगर्ने यूग हो, भाषण गर्ने यूग होईन,साच्चै काम गर्ने हो भने भाषण गर्ने समय हुनेछैन भाषण सुन्ने फुर्सद पनि हुने छैन्।’ मन्त्री शाहीले अघि थपे,‘म उर्जा मन्त्री भएको नाता यस क्षेत्रमा धेरै काम गर्नुपर्नेछ, म प्रयास गरिरहेको छु, हाम्रो खोलामा पानी बगेको छ, खेतबारी बाँझो छ, खोलामा पानी बगेको छ खाने पानी छैन्, खोलामा पानी बगेको छ हामी अँध्यारोमा बस्न बाध्य छौँ, त्यसैले भाषणगर्नु भन्दा पनि कामगर्न तर्फ लागौ यसैमा सबको भलो हुनेछ।’

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.