समाचार

रेलमार्ग निर्माण निर्धारित समयमा नसकिने

जनकपुर–जयनगर–बर्दिबास ब्रोडगेज रेलमार्ग आठ वर्ष अघि सम्झौता भए पनि निर्धारित समयमा निर्माण सम्पन्न नहुने भएको छ । सन् १९९४ साल देखि सञ्चालनमा आएको जनकपुर–जयनगर–विजलपुरा रेल सेवा अहिले बन्द छ । तीन वर्ष अघि भारतीय सिमावर्ती क्षेत्र जयनगरदेखि जनकपुरसम्म ब्रोडगेज रेलमार्ग निर्माणको काम सुरु गरिए पनि विभिन्न प्राविधिक र निर्माण कार्यमा भएको ढिलाइले काम समयमै सकिने छाँटकाँट नदेखिएको नायक ईन्फास्ट्रकचर लिमिटेड असम भारतका प्रोजेकट म्यानेजर आदित्य सेनापतिले बताए । जयनगरदेखि महुवासम्मको २७ किलोमिटरमा माटो, ग्राभेल बिछ्याइ सकेको छ । पुलपुलेसाको निर्माणको जिम्मेवारी पाएका ठेकेदारले निर्माण सामग्री ढुवानीको वातावरण नबनाएका कारण एक वर्षभित्र काम पूरा नहुने भएको छ । ६९ किलोमिटरको यो रेलमार्ग निर्माणका लागि भारत सरकारले पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ सहयोग गरेको छ । रेल सेवा बन्द भएपछि धनुषा, महोत्तरी लगायत सिमावर्ती क्षेत्रका स्थानीयबासी यातायातको सुविधाबाट वञ्चित हुनु परेको धनुषा लखौरीका स्थानीयबासी सुनिल सिंह बताउँछन् । रेल सेवा बन्द हुँदा भारत नेपालबीचको द्विदेशीय पारवहन समेत प्रभावित भएको छ ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.