समाचार

निर्वाचन आयोगले दियो दलहरुलाई चिन्ह, कसको चिन्ह पहिलो

काठमाडौं । स्थानीय तहको चुनाव नजिकिदै गर्दा निर्वाचन आयोग ले दलहरुलाइ आज चुनाव चिन्ह प्रदान गरको छ । संसदमा रहेका २६ दलले पुरानै चुनाव चिन्ह पाउने भएका छन् । संसदमा रहेका ३० दल मध्य राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल  मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टी तथा मधेसी जनअधिकार फोरम नेपाल र संघिय समाजवादी पार्टी एकआपसमा मिलेर संघिय समाजवादी फोरम नेपाल भएका छन् । उता संसदमा एक सिट रहेको प्रेम बहादुर सिंहको समाजवादी जनता पार्टीलाई आयोगले खारेज गरिसकेको तथा नेपाः राष्ट्रिय पार्टी आयोगमा दर्ता नभएको निर्वाचन आयोगले जनाएको छ । बैशाख ३१ गते सम्पन्न हुने चुनावका लागि आईतबारबाट मत पत्र छपाई शुरु हुने आयोगले जनाएको छ । यस अघि शनिबार मतपत्र छपाई हुने प्रेश जनक शिक्षा सामग्री केन्द्रको निर्वाचन आयोगका प्रमूख निर्वाचन आयुक्त अयोधि प्रसाद यादव सहितको टोलीले निरिक्षण भ्रमण गरेको थियो । उक्त समयमा जनक शिक्षा सामग्रि केन्द्रले निर्धारित ४२ दिनमै छपाईको सम्पूर्ण काम सक्ने बताएको थियो । आयोगले करिब १ करोड ६० लाख मतपत्र छाप्ने तथा छापीएका मतपत्र क्रमशः जिल्लामा पठाउने जनाएको छ । आयोगको निर्णय अनुसार मतपत्रमा चिन्हको निर्धारण व्यवस्थपिका संसदमा रहेका दलहरुले गत संविधानसभा चुनावमा समानुपातीक मतप्रणालीमा प्राप्त गरेको मतसंख्याको आधारमा तय गरिएको हो । जस अनुसार नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोश्रो, माओवादी केन्द्र तेश्रो तथा राप्रपा चौथो स्थानमा रहने छन् । यसअघिं निर्वाचन आयोगले दल दर्ताको आधारमा सबैभन्दा पहिले दल दर्ता गर्ने दलका चिन्हलाई मत पत्रमा पहिलो स्थानमा राख्ने गथ्र्यो । विगतमा यो कुराले दलहरुमा विवादसमेत सिर्जना हुने गरेको थियो ।  गत संविधानसभा चुनावमा यहि विषयमा एमाले र माओवादी विच विवाद भएको थियो ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.