समाचार

उम्मेद्वार छैनन् पार्टी मत माग्दैछ किन ?

वैशाख २८, काठमाडौं । स्थानीय तहमा ३१ वैशाखमा हुने पहिलो चरणको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट बागलुङ नगरपालिका प्रमुख र उपप्रमुखमा क्रमशः कुमुम बुढा र निर्मलबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराए । निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने अन्तिम दिन दुवैले उम्मेदवारी फिर्ता लिए । उनीहरुको उम्मेदवारी फिर्तासँगै माओवादी केन्द्रका तर्फबाट नगरपालिका प्रमुख र उपप्रमुखको पद खाली छ । आयोगले निर्वाचन चिह्नसमेत वडा अध्यक्ष र सदस्यलाई मात्र प्रदान गर्यो । निर्वाचनको माहोल तातेसँगै माओवादी केन्द्र भने प्रमुख र उपप्रमुखका खाली पदमा मत माग्दै घरदैलोमा छ । पार्टीको आधिकारिक निर्णयविना उम्मेदवारी फिर्ता लिएको माओवादी केन्द्र जिल्ला कमिटिका संयोजक चन्द्रबहादुर बुढा सागर बताउँछन् । तर, उम्मेदवार बुढा र श्रेष्ठले भने नेताहरुको सल्लाह र निर्देशनमा उम्मेदवारी फिर्ता लिएको दाबी गर्छन् । उम्मेदवारी फिर्ता लिएपछि माओवादी पंक्तिबाट चर्को विरोध भइरहेको छ । नेतादेखि कार्यकर्तासम्मको विरोधलाई ध्यानमा राखेर माओवादी नगर कमिटिले आफ्नै चिह्नमा मत दिन मतदातालाई आग्रह गरेको आजको राजधानी दैनिकमा खबर छ ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.