समाचार

कोरोनाभाइरस सम्भावित विश्वव्यापी महामारी- थप तयारी जरुरी

कोरोनाभाइरसको सङ्क्रमणलाई अहिले नै विश्वव्यापी महामारी (प्यान्डेमिक) मान्न सकिने अवस्था छैन तर पनि राष्ट्रहरू "तयारीको चरणमा" रहनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

'

COVID -१९ को प्रकोप अहिलेका दिनहरूमा चीनमा घट्दै गए पनि दक्षिण कोरिया, इटली र इरानमा फैलिने क्रम जारी छ जसले चिन्ता बढाएको छ। गत सोमवार मात्रै अफगानिस्तान,ओमान, इराक, कुवेत अनि बहराइनमा कोरोनाभाइरसको सङ्क्रमण पहिलो पटक फेला परेको बताइएको छ। यी सबै देशमा सङ्क्रमण भएका मानिसहरू देखिनुमा इरानबाट सरेको हुन सक्ने बुझिएको छ। हाल सम्म यो सङ्क्रमण ३० राष्ट्रहरूमा फैलिसकेको छ। अहिले आएर यो ल्याटिन अमेरिकाको ब्राजिलमा पनि देखिएको छ।

'

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले इरान, इटली र दक्षिण कोरियामा देखा परेको कोरोनाभाइरसका नयाँ घटना "निकै चिन्ताजनक" रहेको बताएका छन्। उनले भने: "के यो भाइरस महामारीका रूपमा फैलन सक्ने सम्भावना छ? पक्कै पनि छ। तर के हामी त्यहाँ पुगी सक्यौ? हाम्रो मूल्याङ्कनले भन्छ हालसम्म त्यस्तो भएको देखा परेको छैन।"

'

विश्वका विभिन्न भागहरूमा कुनै सङ्क्रामक रोगले एकै पटक खतरा उत्पन्न गराएको खण्डमा त्यसलाई 'प्यान्डेमिक' वा विश्वव्यापी महामारी भनिन्छ।

'

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.