समाचार

कोरोना भाइरस : चीनमा ६३६ को मृत्यु, ३८७ उपचार पछि घर फिर्ता

काठमाडौँ । चीनमा नोबल कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ६ सय ३६ पुगेको छ । चीनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको एक विज्ञप्तिका अनुसार हिजो बिहीबार मात्रै ७३ जनाको मृत्यु भएको हो ।

मन्त्रालयले आज बिहान उक्त तथ्याङ्क सार्वजनिक गर्दै थप तीन हजार एक सय ४३ जनामा सङ्क्रमित भेटिएका छन् । यससँगै बिहीबार मात्रै ३ सय ८७ जना उपचारपछि घर फर्किएको मन्त्रालयले जनाएको छ ।

हाल चीनका विभिन्न सहरमा उपचाररत सङ्क्रमितहरूको सङ्ख्या ३१ हजार १ सय १६ जना रहेको छ।

उक्त भाइरसले चीन बाहिरका देशमा २ जनाको मृत्यु भएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा देखिन्छ ।

गत डिसेम्बर ३० मा आफ्ना डाक्टर साथीहरूलाई सार्सजस्तै एक किसिमको रोग देखिएको भनी सन्देश पठाएका ३४ वर्षीय लीको बिहीबार मृत्यु भएको हो।

उनले सो सन्देशमा आफ्ना साथीहरूलाई त्यो एक सरुवा रोग भएकाले सबैलाई सुरक्षित कपडा लगाएर मात्र उपचार गर्न सुझाव दिएका थिए। चार दिनपछि चीनको पब्लिक सेक्युरिटी ब्युरोले उनलाई अफवाह फैलाएर समाजमा त्रास फैलाएको भन्दै एउटा कागजमा हस्ताक्षर गर्न लगायो। स्थानीय निकायले अफवाह फैलाएको आरोप लगाएका ८ जनामध्येकै एक थिए ली।

कोरोना भाइरसले महामारीको रूप लिएपछि स्थानीय निकायले उनीसँग माफीसमेत मागेको थियो। गत जनवरीको अन्तिम सातातिर भिभो नामक सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेका थिए।

सो भिडियोमा जनवरी १० देखि सार्सजस्तै एक किसिमको भाइरसबाट आफू पीडित भएको र त्यसको २ दिनपछि अस्पताल भर्ना हुनुपरेको बताएका थिए। उनी कोरोना भाइरसबाट सङ्क्रमित भएको कुरा फेब्रुअरी २ मा पुष्टि भएको थियो।

अहिले चीनका विभिन्न सामाजिक सञ्जालमा उनको मृत्युलाई लिएर दुख प्रकट गरिरहेका छन्। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि उनको मृत्युप्रति दुःख व्यक्त गरेको छ। एजेन्सी

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.