समाचार

जन्मदिन मनाइयोस् त यसरी, अहा ! श्वेताको जन्मदिन

काठमाडौँ । तपाई आफ्नो जन्मदिन कसरी मनाउनु हुन्छ ? केही रमाइलो, कतै साथीहरुसँग घुम्न गएर, मोठ मन्दिर धाएर वा परिवारको साथमा केही अविस्मरणीय क्षण सिर्जना गरेर । सामान्यतया मानिसको जन्मदिन मनाउने तरिका यस्तै यस्तै हुन्छ । तर नायिका श्वेता खड्काले आफ्नो जन्म दिन अलिका फरक तरिकाले मनाएकी छिन् ।

पछिल्लो केही समय यता जन्मदिनमा केही दुःखी वा साह्रो गाह्रोमा परेकालाई सहयोग गरेर जन्मोत्सव मनाउने एक नयाँ ट्रेन्ड सुरु भएको छ । सोही ट्रेन्डलाई पच्छ्याएकी छिन् नायिका खड्काले पनि ।

श्वेताले टिचिङ अस्पतालमा ‘टी लिम्फोब्लाष्टिक लिम्फोमा’ क्यान्सरको उपचार गरिरहेकी बाँके स्थित खजुराकी २४ बर्सिया दिना परियारलाई आर्थिक सहयोग गरेर जन्म दिन मनाएकी हुन् ।

खड्काले नगद रु ५० हजार रुपैयाँ सहयोग गर्दै आफू आर्थिक सहयोग गर्न मात्र नभएर क्यान्सर पीडित दिना लाई आँट हिम्मत र साहस दिन अस्पताल पुगेको बताइन् ।

५ वर्ष अघि क्यान्सरका आफ्नो पनि श्रीकृष्ण श्रेष्ठले संसार त्याग्नु परेको पललाई स्मरण गर्दे उनले यो रोगलाई आफूले शत्रुको रूपमा लिने गरेको जिकिर गरिन् ।

यति बेला नायिका खड्का क्यान्सर अस्पताल निर्माणको कार्यमा जुटेको छिन् । उनले ‘आर्थिक अभावमा क्यान्सरको उपचार गराउन नसकेर कसैले पनि ज्यान गुमान नपर्ने र उनको अस्पतालले त्यस्ता व्यक्तिलाई सेवा दिने बताइन् ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.