समाचार

कोरोना भाइरस प्रकरण : नेपाली सेनालाई ५० बेडसम्मको आइसोलेसन वार्ड बनाउन जिम्मा

चीनको वुहान र त्यस सहर आसपासका नेपालीलाई नेपाल सरकारले स्वदेश फर्काउने तयारी गरिरहेको छ। यो कुराको चर्चा केही दिन देखि भए पनि यहाँका अस्पतालहरुमा आइसोलेसनका लागि पर्याप्त ठाउँ नभएकाले ढिलाइ भएको देखिन्छ।

'

यसरी नेपाली बिध्यार्थीलाई स्वदेश फर्काउने तयारी गरिरहँदा उनीहरू आफूहरूलाई आइसोलेसनमा राख्ने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गरिरहेका छन्। आइसोलेसन अर्थात् अन्य मानिसको सम्पर्कमा जानु नपर्ने बन्दोबस्त मिलेमा केही गरी आफूमा संक्रमण देखिएछ भने पनि त्यो अन्य नेपालीमा नसरोस् भन्ने उनीहरूको चाहना हो। पश्चिमी मुलुकहरू तथा इन्डिया अनि बङ्गलादेशले समेत आफ्ना बिध्यार्थीलाई स्वदेश फर्काई सकेको अवस्थामा नेपालले पनि यो कदम उठाउन लागेको हो।

'

जनस्वास्थ्य अनुसन्धानकर्ता तथा वैज्ञानिक डा.समीर दीक्षित भन्नुहुन्छ -"एक तरिकाले हेर्ने हो भने अहिले चीनबाट ल्याउन लगिएका सम्पूर्ण बिध्यार्थीलाई अस्पतालमा नै राख्नु पर्ने जरुरी नहुन पनि सक्छ, उनीहरूलाई छुट्टै कुनै ठाउँमा अलग्ग राख्न सकिन्छ। यहाँ हाम्रो उद्देश्य उनीहरूको उपचार भन्दा पनि उनीहरूमा यदि यो भाइरस छ भने सो भाइरस अरूमा नसरोस् भन्ने हो। त्यसैले उनीहरूलाई अरू मानिससँग घुलमिल नहुने गरी राख्नु पर्याप्त हुने उहाँको धारणा छ।

'
नेपाल सरकारले त्यहाँ रहेका नेपाली फर्काउनकालागि त्यहाँ भएका नेपालीहरूलाई आइतबारभित्र फारम भरिसक्न जानकारी गरेको थियो । परीक्षणको क्रममा तत्कालै लक्षण नदेखिए पनि पछि संक्रमित भएको देखिन सक्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । यो भाइरसले संक्रमित गरेको २-१४ दिन भित्र रोगका लक्षणहरू देखिने गरेको छ। तर कुनै पनि लक्षण नदेखिएको अवस्थामा पनि त्यस्ता व्यक्तिले अरूलाई संक्रमित पार्न सक्ने हुँदा सतर्कता अपनाउनुपर्ने हुन्छ।

'

सरकारले चीनको हुबेई प्रान्तका ६ सहरमा रहेका नेपालीलाई स्वदेश ल्याएपछि क्वारेन्टाइनमा राख्न सुरक्षित स्थानको खोजी गरिरहेको समाचार छ । यसरी स्वदेश फर्काइए पछि उनीहरूलाई १४ दिन सम्म क्वारेन्टाइनमा राखिनेछ । स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ खोजिरहेका छन् । नेपाली सेनालाई ५० बेडसम्मको आइसोलेसन वार्ड बनाउन जिम्मा दिने सरकारको तयारी छ । ‘सैनिक स्वास्थ्य महानिर्देशनालयले पनि सोमबारको बैठकमा ५० बेडसम्मको आइसोलेसन वार्ड बनाउने विस्तृत योजना पेस गर्दै छ । नेपालले यस्ता सरुवा रोग लागेका बिरामीलाई टेकु स्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गर्दै आएको थियो।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.