समाचार

कोरोना भाइरसबाट फिलिपिन्समा एक जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसका कारण फिलिपिन्समा १ जना ४४ वर्षीय पुरुषले ज्यान गुमाएका छन्। उनी कोरोना भाइरसको संक्रमणबाट चीन बाहिर ज्यान गुमाउने पहिलो व्यक्ति हुन्। उनी चीनको उहान प्रान्तका नागरिक भएको थाहा हुन आएको छ।

.

फिलिपिन्सको स्वास्थ्य विभागका अनुसार, ती व्यक्ति जनवरी २५ मा सान लजारो अस्पतालमा भर्ना भएका थिए । सोही अस्पतालमा उनको शनिवार निधन भएको समाचार छ । उनी जनवरी २१मा एक ३८ वर्षीय युवतीका साथ फिलिपिन्स पुगेको र अहिले ती महिलालाई पनि उच्च निग्रानीमा राखिएको समाचार छ।

.

चीनको उहान सहरमा डिसेम्बर महिनामा देखा परेको कोरोना भाइरसले यति बेला चीनमा महामारीको रूप लिएको छ । विश्व स्वास्थ्य सङ्गठनले बिहीबार जनवरी ३० मा यसलाई "विश्वव्यापी स्वास्थ्य सङ्कटकाल" घोषणा गरेको थियो। हालसम्म आई पुग्दा ३०० जना भन्दा बढीको ज्यान गई सकेको समाचार छ ।

.

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.