समाचार

त्रिभुवन विमानस्थलमा थर्मल स्क्यानरबाट यात्रुमा कोरोना भाइरसको नियमन

काठमाडौँ । केही दिन अगाडी त्रिभुवन विमानस्थलमा कोरोना भाइरसको नियमनका लागि भनेर हेल्थ डेस्क स्थापना गरिएको थियो। कोरोना भाइरसको नियमनमा अझ सजिलो बनाउन र कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि हालै सरकारले त्रिभुवन विमानस्थलमा थर्मल स्क्यानर जडान गरेको छ।

.
नेपाल आउने यात्रुसँगै कोरोना भाइरस भित्रिन सक्ने खतरा बढेपछि विमानस्थलमा थर्मल स्क्यानर प्रयोग गरिएको हो। विश्व स्वास्थ्य सङ्गठनको समन्वयमा ल्याइएको उक्त थर्मल स्क्यानर शुक्रवारदेखि नै प्रयोगमा ल्याइएको छ ।

.

त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कसँगै थर्मल स्क्यानर जडान गरी सेवा सुरु गरेको छ। थर्मल स्क्यानरले इन्फ्रारेड लाइटमार्फत नेपाल आउने यात्रुको ज्वरो नाप्दछ। यसरी स्क्यान गर्ने क्रममा ज्वरो देखिएका बिरामीलाई थप उपचारका लागि अस्पताल लैजाने व्यवस्था पनि गरिएको छ।

.

पहिले चीन र कोरोना भाइरस देखा परेका देशका मानिसकोमात्र परीक्षण गर्ने गरिएकोमा अहिले थर्मल स्क्यानरको प्रयोग गरेसँगै नेपाल भित्रिने सम्पूर्ण यात्रुको ज्वरो मापन स्वतः गर्न सम्भव भएको छ।

.

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.