समाचार

उहानमा सबै सार्वजनिक यातायातका साधनहरू बन्द गर्ने घोषणा

चीन हुबे प्रान्तको उहानमा अहिले कोरोनाभाइरस (२०१९ -nCoV ) फैलाइरहेको छ। २३ जनवरी बिहान सम्म १७ जनाको मृत्यु भएको समाचार छ, एक दिन अगाडि सम्म ९ जनाको मृत्युको समाचार आइरहँदा, यो सूचनाले मानिस एकै चोटि तर्सिएका छन्।

'

अहिले चीनका मानिसहरूको मात्र होइन सारा संसारका मानिस नै यो रोगको बारेमा कुरा गर्दै छन् । अहिले चीनका केही सहरहरूमा मास्क सम्म पनि सकिएर किन्न नपाएको गुनासो मानिसहरूले गर्न थालेका छन्। त्यसै बिच यो स्थितिलाई भयावह हुन बाट रोक्न चीन सरकारले उहानमा सबै सार्वजनिक यातायातका साधनहरू बन्द गर्ने घोषणा गरेको छ। यस घोषणासँगै उहानका बस, मेट्रो, फेरी(साना पानी जहाज), ट्रेन र प्लेन सबै जनवरी २३ बिहीबार बिहान १० बजे देखि केही समयको लागि रोकिएको छ। यहाँका १ करोड १० लाख मानिसलाई आफ्नो सहर जरुरी नपर्दा सम्म नछोड्न भनिएको छ। जनवरी २५का दिनमा उनीहरूको महान् चाड छुन चिए परेकाले अहिले स्कुलहरूको बिदा चलेको छ। आज सबै मानिसको बिदा अगाडि काममा जाने अन्तिम दिन हो ।

'

केही अहिले सम्म यो भाइरस धेरै ठाउँमा पुगिसकेका र अहिले आएर यो लागु गर्दा खासै फाइदा नहुने बताउँछन्। हुन पनि चीनका धेरै प्रान्तमा र अहिले त थाइल्यान्ड, जापान, कोरिया, अमेरिका र अस्ट्रेलियामा पनि यो भाइरस पुगेको समाचार आएको छ। यसको रोकथाममा कुन औषधिले काम गर्छ भन्ने थाहा नभइसकेको तर बजारमा भएका सबै थरी एन्टीभाइरल प्रयोग गरी हेर्नु पर्ने देखिन्छ। यस भाइरस लागेका बिरामीलाई अलग्ग राखेर उपचार गर्नु नै अहिलेको प्राथमिकता हुनु पर्दछ।

'

Photo courtesy: NPR

लेख : संजय मणि दीक्षित

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.