समाचार

चीनमा फैलाइरहेको कोरोना भाइरस (२०१९ -nCoV ) कुन जीवबाट मानिसमा सर्‍यो त?

चीन हुबे प्रान्तको उहानमा अहिले फैलाइरहेको एक नयाँ कोरोना भाइरस (२०१९ -nCoV ) हो। २२ जनवरीमा "विले अनलाइन लाइब्रेरी"मा छापिएको एक अनुसन्धानात्मक लेखका आधारमा केही नयाँ पाटाहरू खुल्न आएको छ।

'

२०१९ डिसेम्बर महिनाको मध्यतिर उहान नामक सहरको एक माछा मासु तथा समुद्री खानाको बजारबाट उक्त भाइरस फैलिएको थियो। सो बजारमा जिउँदो समुद्री खानेकुरा, कुखुरा तथा हास, सर्प, चमेरा र अरू केही जनावरहरू बेचिने गरिएको थियो। २०२० जनवरी १ का दिन देखि उक्त बजार बन्द गरिएको छ।

'

हिजो मात्र छापिएको अनुसन्धान अनुसार- २०१९ -nCoV को विस्तृत जेनेटिक विश्लेषण र त्यसको तुलना अन्य भाइरसको जेनेटिक जानकारीसँग गरियो। अहिले अनुसन्धानकर्ताहरू के निष्कर्षमा पुगेका छन् भने यो भाइरस चमेरोमा पाइने कोरोनाभाइरस र कुनै अर्को अज्ञात जीवमा पाइने कोरोनाभाइरस मिलेर बनेको हो। यो पनि थाहा हुन आएको छ कि २०१९ -nCoV सर्पबाट मानिसमा सरेको हो। भाइरल रिसेप्टर प्रोटिनको पुनः संयोजनका कारण यो भाइरस सर्पबाट मानिसमा सरेको हुन सक्ने अनुमान छ। अहिले आइपुग्दा सम्म यो मानिस बाट मानिसमा सर्न थालिसकेको पुष्टि भएको छ।

'
यसको रोकथाममा कुन औषधिले काम गर्छ भन्ने थाहा नभइसकेको तर हामीसँग भएका सबै थरी एन्टीभाइरल प्रयोग गरी हेर्नु पर्ने देखिन्छ।

'

लेख: संजय मणि दीक्षित

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.