समाचार

चीनको कोरोना भाइरस- मानिस बाट मानिसमा सर्ने पुष्टि

चीनको उहान भन्ने सहरमा भने अहिले एक नयाँ कोरोना भाइरस (२०१९ -CoV ) फैलाइरहेको छ। २०१९ डिसेम्बर महिनाको मध्यतिर हुबे प्रान्तको उहान नामक सहरको एक माछा मासु तथा समुद्री खानाको बजारबाट उक्त भाइरस फैलिएको थाहा हुन आएको छ। २०२० जनवरी १का दिन देखि सो बजार बन्द गरिएको छ।

२०२० जनवरी २२ सम्म आइपुग्दा ४४० मानिस यस भाइरस बाट सङ्क्रमित भएको र ९ जना को ज्यान गएको समाचार छ।मृत्यु हुनेहरू सबै मध्य चीनको हुबेई प्रान्तका रहेका जानकारी आएको छ। यो भाइरस मङ्गलवारसम्म चीनका १३ वटा प्रान्तमा देखिएको थियो ।

विदेशमा हालसम्म जापानमा एउटा घटना प्रमाणित भएको छ भने थाइल्यान्डमा तीन, दक्षिण कोरियामा एक र अमेरिकामा एक जनामा यो भाइरसको सङ्क्रमण देखिएको छ। अस्ट्रेलियाको ब्रिसबेन सहरमा पनि एक मानिसलाई कवारानटाइनमा राखिएको समाचार छ। नेपालमा पनि उहानबाट फर्किएका एक नेपाली विद्यार्थीलाई टेकु अस्पतालमा भर्ना गरी ६ दिन चिकित्सकहरूको निगरानीमा राखेर घर पठाइएको थियो।

धेरै देशहरूमा फैलिए सँगै यो भाइरस मानिस बाट मानिसमा सर्ने पुष्टि भएको छ। यसरी मानिस बाट मानिसमा नै सर्ने भएपछि कुनै पनि बेला भयावहको स्थितिको सिर्जना हुन सक्ने विज्ञहरूको डर छ।

चीनबाट आउने सबै पर्यटकलाई नेपालको विमानस्थलमै ज्वरोका लक्षण हेर्नका लागि निगरानी बढाइएको छ र त्यहाँ हेल्थ डेस्क खडा गरिएको छ । जनवरी २५ मा चिनियाँहरूको महान् चाड "छुन चिए" आउँदै गर्दा चीनबाट आउने पर्यटक बढ्ने र चीन जाने नेपालीहरूको सङ्ख्यामा पनि वृद्धि भइरहेकाले सबै सजग हुन जरुरी छ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.