समाचार

मिनी ट्रक दुर्घटना : क्षतिपूर्ति माग्दै आफन्तजनहरुले सुरु गरे अस्पतालमा धर्ना

मंगलबार धादिङ स्थित मैदी भञ्ज्याङमा भएको मिनी ट्रक दुर्घटनामा निधन भएका र घाइतेका आफन्तजनहरुले क्षतिपूर्ति र उपचार खर्च माग गर्दै जिल्ला अस्पताल धादिङमा धर्ना दिएका छन् ।

उनिहरुले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको उपचार खर्च टुंगो नलागेसम्म शव नउठाउने अडान लिएका छन् ।

ज्वालामुखी–४ स्थित ढोलामण्डली माईको थानबाट बलि चढाएर मन्दिर नजिकैको दोभान बजारमा भोज खाएर फर्केका नीलकण्ठ नगरपालिका–२ भुलभुलेका ७ जनाको मृत्यु भएको थियो।

ग १ ख ८०१२ नम्बरको मिनी ट्रक मैदीभन्ज्याङ मोडमा पर्खालमा ठोक्किएर पल्टेको थियो। दुर्घटनामा घाइते भइ काठमाडौं लगेका २२ जनामध्ये दिनेश गुरुङ ट्रमा सेन्टरको आईसीयुमा र बाँकी २१ जनाको इमर्जेन्सीमा उपचारका भइरहेको छ ।प्रहरी नियन्त्रणमा रहेका घाइते चालक सुभाष गुरुङ महाराजगंजस्थित त्रिविशिक्षण अस्पतालमा उपचाररत छन् ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.