समाचार

कान्ति बाल अस्पताल र राउन्ड टेबल नेपाल सम्झौता

काठमाडौं ।  कान्ति बाल अस्पतालको निष्क्रिय अवस्थामा रहेको ब्लड बैंक सेवालाई पुनः सुचारु गरी सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पतालबीच सम्झौता भएको छ । उक्त सम्झौताअनुरूप काठमाडौं जिल्ला राउन्ड टेबल २२ ले ६ जना स्वयंसेवकलाई लाग्ने खर्च बेहोर्ने गरी उक्त सेवा पुनः सञ्चालन गर्ने भएको हो ।

रगतको सहज उपलब्धता अस्पतालको सेवा लिन आउने लाखौं बच्चाका लागि महत्वपूर्ण विषय भएकाले राउन्ड टेबल नेपालको यस कार्यले भविष्यमा नेपाली सर्वसाधारण र खासगरी बच्चालाई हित गर्ने विश्वास गरिएको छ ।  यसका साथै राउन्ड टेबल नेपालले अस्पतलाई थप सहयोग पुग्नेगरी नियमित रक्तदान कार्यक्रम पनि सञ्चालन गर्नेछ । गत अक्टोबर २०१९ मा पुनः सञ्चालनमा ल्याइएको यस ब्लड बैंकले आजसम्म करिब दसौं हजार बालबालिकाको हित गरेको छ ।

'

राउन्ड टेबल नेपाल एक सामाजिक संस्था हो । यसले विपन्न बालबालिकालाई शैक्षिक पूर्वाधार निर्माणमा सक्रिय भूमिका खेल्ने गरेको छ ।साथै यस संस्थाले रक्तदान र बाढिपहिरो पीडितको उत्थानका लागि पनि विभिन्न कार्यक्रम गर्ने गरेको छ ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.