समाचार

एक सय छ वर्षीय वृद्धको मोतियाविन्दुको सफल शल्यक्रिया

भरतपुर । भरतपुर आँखा अस्पतालको बहिरङ्ग सेवामा आज बिहान भेटिएका एक वृद्ध निकै खुशी देखिन्थ्ये । एक सय छ वर्षको उमेरमा एक साताअघि आफ्नो देब्रे आँखाको मोतियाविन्दुको शल्यक्रियापछि आँखा देखेसँगै उनमा खुशी थपिएको हो । भरतपुर महानगरपालिका–२ क्षेत्रपुर निवासी पुननारायण श्रेष्ठको यो उमेरमा सफल शल्यक्रिया भएपछि उनि निकै खुशी भएका छन् । उनलाई चिन्नुहुन्छ भन्न नपाउँदै उनले भने, “तपाईंले लगाएको जकेट कालो रहेछ, पर बसेकाहरुलाई पनि देखेको छु ।” एक वर्षअघिदेखि धमिलो हुँदै गएको आँखाले पछिल्लो समय देख्न छाडेपछि उनि चिन्तित थिए ।

उनलाई आँखाको शल्यक्रिया गर्न नजिकै घर भएकी भरतपुर आँखा अस्पतालमा कार्यरत छायाँ श्रेष्ठले सुझाव दिए । त्यतिमात्रै होइन, छायाँले अस्पतालका डा मारिया गौतमसँग परामर्श गरेर शल्यक्रियाको प्रबन्ध पनि मिलाइए । सफल शल्यक्रियापछि निकै उत्साहित हुँदै वृद्ध श्रेष्ठले आफूले जीवनमा पुनः आँखा देख्ने अवसर पाएको भन्दै खुशी व्यक्त गगरे ।

भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा आठ जिल्लाका एक लाख ७१ हजार ४०० को आँखाको उपचार गरेको थियो । अस्पतालले विभिन्न जिल्लामा शिविर सञ्चालन र अस्पताल एवं आँखा उपचार केन्द्रमार्फत बिरामीको उपचार गर्दै आएको छ ।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार भरतपुरमा रहेको मुख्य अस्पताल र भरतपुर हाइटमा रहेको बहिरङ्ग विभागमार्फत एक लाख १८ हजार ४५५ बिरामीको आँखाको उपचार गरिएको हो । नौ आँखा उपचार केन्द्रमार्फत पनि अस्पतालले सेवा दिइरहेको छ । रासस

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.