समाचार

उहानको भाइरल निमोनिया -विश्व कति त्रसित?

चीन । नयाँ बर्ष लाग्दै गर्दा चीनको उहान भन्ने शहरमा भने अहिले एक प्रकार को भाइरल निमोनियाले सताउन थालेको छ । अहिले सम्म ४१ मानिसहरूमा यो संक्रमण देखिएको र उनीहरूको उपचार भइरहेको बताईएको छ। उक्त भाइरल निमोनियाले एक जना को ज्यान गएको समाचार सञ्चार मध्यममा आएको छ।

उहानमा केही समय यता त्रास फैलाइरहेको यो एक प्रकारको नयाँ कोरोना भाइरस भएको जनुअरी ७ मा पुष्टि भएको छ । सन् २००२/३ मा हङकङमा सुरुमा देखा परेको “सार्स” भाइरस संसारको धेरै देशहरूमा छिट्टै नै फैलिएको थियो। सार्सले गर्दा ३७ देशहरूमा ८०९८ जना बिरामी भएका थिए र ती मध्ये ७७४ जनाको मृत्यु थियो। झन् अघि १९६८/९ मा देखा परेको “हंगकंग फ्लू”का कारण संसार भरका करिब १० लाख मानिसले ज्यान गुमाएका थिए। त्यसै कारणले गर्दा अहिले विमानस्थलमा आवतजावत गर्ने मानिसहरूमा उच्च निगरानी गरिँदै छ।

विश्व स्वास्थ्य संगठन के भन्छ त यस बारे?

जनुअरी ११ र १२ मा विश्व स्वास्थ्य सङ्गठनले चीनमा रहेको राष्ट्रिय स्वास्थ्य आयोगबाट विस्तृत जानकारी पायो। त्यहाँ अहिले उचित प्रक्रियाबाट उपचार अघि बढेको, र त्यो रोग कसरी लाग्न पुग्यो भन्ने कुराको पुष्टि भएको र मानिसमा एक अर्कालाई सर्ने प्रस्ट नभएका कारण धेरै आत्तिनुपर्ने नदेखिएको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ।

विश्व स्वास्थ्य सङ्गठनले त्यसैले अहिले सम्म धेरै डराउनु पर्ने स्थिति छैन भन्दै यात्रुहरूलाई कुनै त्यस्तो खास स्वास्थ्य सल्लाह प्रवाह गरेको छैन। तर केही गरी तपाईँलाई श्वास प्रश्वासमा कुनै किसिमको समस्या आएमा तत्काल जँचाउन र आफ्नो यात्राको विवरण दिन भनेको छ।

आज चीनको उहानमा भएको मान्छे भोलि तपाईँ सामु हुन सक्छ। अनि फेरी पहिले दुई रोग धेरै चाडै संसार भर फैलिएको र धेरै मानिसहरूले ज्यानै पनि गुमाएकाले गर्दा अहिले हामी पनि केही सतर्क हुनु पर्ने देखिन्छ। यस्तो रोग नेपाल भित्रिएको अवस्थामा हाम्रो देशमा रहेका अस्पतालहरुले यो रोगलाई फैलन बाट रोक्न सक्ने सक्षम्ता कति छ त भन्ने प्रश्न पनि उठ्छ।

फोटो: AFP बाट

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.