समाचार

चुराेटकाे असर बढी कि ई–चुरोटकाे ?

विश्वको पश्चिमी मुलुक बाट सुरु भएको ई–चुरोट (ईलेकट्रोनिक सिगरेट) पिउने चलन केही वर्ष यता नेपालमा पनि बढेको देखिन्छ । सामान्य चुरोटले धेरै खराबी गर्छ भनेर कोही ई–चुरोट प्रयोग गर्न थालेका छन् भने कोहि चाहिँ ई–चुरोट पिउँदा आफू भिन्न देखिने भएर पनि त्यो तिर आकर्षित भएका छन् । ई–चुरोट संयुक्तराज्य अमेरिकामा सन् २००६ देखि नै प्रयोगमा आएको हो। नेपालमा पनि आजकलका युवा वर्ग ई–चुरोट तिर लागेको प्रस्ट देखिन्छ ।

केहि महिना अगाडी देखि ई–चुरोट पिउँदा वा भेपिङ गर्दा केही मानिसको ज्यान नै सम्म पनि गयो भन्ने समाचार अन्तरास्ट्रिय सञ्चार माध्याहरुमा देखिन्छ । यो अवस्थामा अमेरिकाको जन्स हप्किन्स विश्वबिध्यालयले जारी गरेको ‘भेपिङ गर्दा आस्थ्मा र दीर्घकालीन अवरोधक फोक्सो रोग लाग्ने सम्भावना उच्च’ (COPD)  शिर्षकको समाचारले यँहा पनि उत्तिकै महत्व राख्ने देखियो ।

यस अघि आस्थ्मा र दीर्घकालीन अवरोधक फोक्सो रोग चुरोट पिउँनाले लाग्छ भन्ने जनताको मानसपटलमा परेको थियो । यो अध्ययन गर्दा सम्म अनुसन्धानकर्ताहरू ई–चुरोटको फोक्सो रोगसँगको सम्बन्ध भए नभएको मात्र हेर्न खोज्दै थिए । अहिलेको यस अध्ययनले देखाए अनुसार दुवै ई–चुरोट र सामान्य चुरोट पिउने मानिसमा दीर्घकालीन अवरोधक फोक्सो रोग लाग्ने खतरा खैनी जन्य बस्तुको प्रयोग नर्गने मानिसमा भन्दा ६ गुणा सम्म बढी हुने देखिएको बताएको छ ।

दीर्घकालीन अवरोधक फोक्सो रोग बारेमा लेख यहाँ पढ्न सक्नुहुन्छ -दीर्घकालीन अवरोधक फोक्सो रोगले लिन सक्छ ज्यान

२०१९ नोवेम्बेर सम्मको तथ्यांक अनुसारअमेरिकामा कूल २९९० जना भेपिङले गर्दा बिरामी परेका र अहिले सम्म मृत्यु हुनेको संख्या ४७ रहेको बताइएको थियो ।

‍‍

ई–चुरोट सामान्य चुरोट भन्दा केहि सुरक्षित भएपनि तिनीहरूले पनि मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने यस अनुसन्धानले देखाएको छ ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.