समाचार

दैनिक लिपस्टिकको प्रयोग गर्दै हुनुहुन्छ ? सावधान !

महिलाले दैनिक प्रयोग गर्ने मेकअपमा लिपस्टिकको भूमिका महत्त्वपूर्ण मानिन्छ । महिलाहरूले प्रयोग गर्ने लिपस्टिकले स्वास्थ्यमा पर्ने असरका बारेमा धेरैलाई खासै जानकारी भने हुदैन ।

दैनिक लिपस्टिक लगाउनाले त्यसमा भएका केमिकलहरू मुखमा प्रवेश गरेर पेटसम्म पुग्ने खतरा हुन्छ । लिपस्टिक धेरै समयसम्म लगाएर बस्दा ओठको प्राकृतिक ओस सोछेर ओठ फुट्ने तथा ओठ कालो हुने समस्या सुरु हुन थाल्छ ।

अमेरीकाले गरेको एक अध्ययनमा  लिपस्टिक प्रयोग गर्ने महिलाको दिमागी सक्रियता कमजोर हुँदै गएको पत्ता लगाएका छन् । लिपस्टिकमा एक हानिकारक प्रकारको सीसाको प्रयोग गरिएको हुन्छ । सिसा शरीरमा प्रवेश गर्दा मानवीय स्वास्थ्यका दृष्टिकोणले धेरै हानि गर्न सक्ने पाइएको छ ।

अनुसन्धानकर्ताहरूले अध्ययनका क्रममा नाम चलेका २२ वटा ब्रान्डको लिपस्टिकको अध्ययन गरेका थिए । जसमध्ये ५५ प्रतिशतमा सिसाका साथ साथै लेड जस्तो हानिकारक तत्वको प्रयोग गरेको पाइयो ।

नेपालमा पनि केही समयअगाडि सरकारले सौन्दर्य सामग्रीमाथि हुने रसायनको प्रयोगबारे परीक्षण गरेको थियो । बैज्ञानिक तथा चिकित्सकहरूका अनुसार मानवीय स्वास्थ्यमा नियमित सम्पर्कमा रहे लेडका कारण क्यान्सर हुने तथा दिमागी असर हुनेजस्ता जोखिमको सम्भावना उच्च रहेको बताएका छन् ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.