समाचार

कर्णालीका विकट ठाउँमा चिकित्सक टिकाउन १३५ प्रतिशत सम्म भत्ता (कुन जिल्लामा कति ?)

काठमाडौँ । भौगालीका दृष्टिकोणले विकट मानिने मुगु, डोल्पा र हुम्ला जिल्ला समेत रहेको कर्णाली प्रदेशले विकट क्षेत्रमा काम गर्ने डाक्टरहरूलाई भत्ता दिने भएको छ ।

उनीहरूमा काम गर्ने ऊर्जा थप्ने उद्देश्यले प्रदेश सरकारले भौगोलिक विकटताको आधारमा प्रोत्साहन भत्ता वितरण गर्ने भएको हो ।

प्रदेश सरकारले आगामी माग १ गतेबाट लागु हुने गरी यो निर्णय गरेको कर्णाली प्रदेशका सूचना अधिकारी केशव प्रसाद उपाध्यायले जानकारी दिए ।

उनले काणर्ली प्रदेशका विकट क्षेत्रमा कर्मचारीहरू जान नरुचाउने भएकाले कर्मचारी टिकाउन यस्तो निर्णय गरेको बताए । उनले भने ‘यो कार्यका लागी प्रदेश सरकारले १२ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले निजी अस्पताल तथा क्लिकमा समेत कमा गर्ने डाक्टरहरूलाई भने प्रोत्साहन सुविधा उपलब्ध नहुने निर्णय गरेको छ ।’

कसले कति भत्ता पाउने ?

११ औँ तहका विशेषज्ञ चिकित्सक (भत्ता आफूले पाउने मासिक तलको प्रतिशतमा हुनेछ )

सुर्खेतमा ७५ प्रतिशत,
सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा ९० प्रतिशत
कालिकोट र जुम्लामा १०० प्रतिशत
मुगु, डोल्पा र हुम्लामा १ सय ३५ प्रतिशत

त्यस्तै नवौँ र दसौँ तहका विशेषज्ञ चिकित्सक

सुर्खेतमा भए ७५ प्रतिशत
सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा ८० प्रतिशत कालिकोट र जुम्लामा ९० प्रतिशत
मुगु, डोल्पा र हुम्लामा मासिक १ सय २५ प्रतिशत

आठौँ तहका चिकित्सक
सुर्खेतमा ५० प्रतिशत
सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेखमा ६० प्रतिशत,
कालिकोट र जुम्लामा ७५ प्रतिशत
मुगु, डोल्पा र हुम्लामा एक सय प्रतिशतले

यस्तै प्रदेश सरकार र प्रदेशसभा मातहतका कर्मचारी र निजको परिवारका सदस्यलाई स्वास्थ्य बिमा समेत गराउने भएकाे ५ । बिमाका लागि प्रदेश सरकारले नै प्रिमियम रकम भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।


कहाँ काम गर्ने डाक्टरले मासिक कति भत्ता पाउँछन्रु

११ औँ तहका चिकित्सक
सुर्खेतमा ७५ प्रतिशत।
सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा ९० प्रतिशत।
कालिकोट र जुम्लामा कार्यरत १०० प्रतिशत।
मुगु, डोल्पा र हुम्ला १ सय ३५ प्रतिशत।

नवौँ र दसौँ तहका चिकित्सक
सुर्खेत ७५ प्रतिशत।
सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेख८० प्रतिशत।
कालिकोट र जुम्ला ९० प्रतिशत।
मुगु, डोल्पा र हुम्ला १ सय २५ प्रतिशत।

आठौँ तहका चिकित्सक
सुर्खेतमा ५० प्रतिशत।
सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेखमा ६० प्रतिशत।
कालिकोट र जुम्लामा ७५ प्रतिशत।
मुगु, डोल्पा र हुम्लामा १०० प्रतिशत।

कहाँ काम गर्ने स्वास्थ्य कर्मीले मासिक कति भत्ता पाउँछ ?

सुर्खेतमा चार हजार रुपैयाँ।
सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा ६ हजार रुपैयाँ।
कालिकोट र जुम्लामा ८ हजार रुपैयाँ।
मुगु, डोल्पा र हुम्लामा १० हजार रुपैयाँ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.