समाचार

खराब वातावरण मानव स्वास्थ्यका लागि आपतकालिन

काठमाडौँ । हावा स्वच्छ नहुँदा सामान्यतया श्वासप्रश्वास सम्बन्धी समस्या हुन्छ भन्ने हामी सबैलाई थाहा छ। तर वायु प्रदूषणकै कारण हृदय घात र स्ट्रोक पनि हुन सक्छ भन्दा हामीलाई केही अनौठो लग्न सक्छ।

किंग्स कलेज, लन्डनले वायु प्रदूषणले स्वास्थ्यमा पर्ने प्रभावमा बारे सन् २०१८ मा एक अध्ययन गरेको थियो।

सो अध्ययनका अनुसार फोक्सोमा देखिने असरमा दम, फोक्सोको क्यान्सर, फोक्सोको शक्तिमा ह्रास आउने जस्ता समस्या देखिएको थियो। तर त्यस बाहेक हृदय घात, स्ट्रोक, र नवजात शिशुको तौल कम हुने पनि देखिएको सो अध्ययनले जनाएको छ।

उक्त अध्ययनको निष्कर्ष ‘मौसमको आपतकालिन अवस्थालाई मानव स्वास्थ्यको पनि आपतकालिन अवस्थाका रूपमा लिनु पर्ने देखिएको छ ।’ यो कुरा हामीले शीघ्र बुझेर आज नै यसमा कदम चलाउनुपर्ने देखिन्छ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.