समाचार

उच्च जोखिमयुक्त औषधि : चिनौं, बचौं, बचाऔँ

काठमाडाैं । नेपालमा पाइने दशौँ हजार औषधि मध्ये केही औषधी "हाइ अलर्ट मेडिकेशन" वा उच्च सतर्कता अपनाउनु पर्ने औषधिपर्ने गर्दछन्। यी औषधिहरू प्रभावकारी त छन् तर यदि यसको उपयोगको तरिका गलत पर्न गयो भने यसले गम्भीर हानि पुर्‍याउन सक्छन् । यी औषधिले आफै हानि पुर्‍याउने होइन तर यी औषधिको प्रयोगमा ध्यान नपुर्‍याएमा भने बढी नै हानि हुने गर्दछ।

‍नर्सिङ पेशामा काम गर्ने सबैजसोको दिनचर्या नै बिरामीको हेरचाहमा जान्छ । त्यसैले औषधिको सही प्रयोग कसरी गर्ने भन्ने जान्नु नर्सिङ पेशामा काम गर्ने सबैका लागि उपयोगी हुन्छ। बिरामी आफैले पनि आफूले प्रयोग गर्ने औषधि "उच्च सतर्कता अपनाउनुपर्ने औषधि"मा पर्छ भन्ने थाहा पाउनु जरुरी हुन्छ । ती औषधिको प्रयोगमा कस्ता त्रुटि हुन सक्छन् भन्ने कुराको जानकारी लिएर सतर्कता अपनाउनु पर्दछ।


के हो उच्च जोखिमयुक्त औषधि भनेको?

‍उच्च जोखिमयुक्त औषधि त्यस्ता औषधिहरू हुन् जसको गलत प्रयोग हुँदा बिरामीलाई धेरै खराबी गर्न सक्छ । कतिपय अवस्थामा बिरामीको मृत्यु नै पनि हुन सक्दछ। त्यसो भन्दै गर्दा यी औषधको प्रयोग गर्दा धेरै गल्ती हुने भन्ने चाहिँ होइन। यी औषधिको 'लो थेराप्यूटिक इन्डेक्स' अर्थात् यदि त्यसको मात्रामा भएको सानो हेरफेरले ठुलो असर पर्न सक्ने औषधिको प्रयोगमा गल्ती भयो भने खतरा चाहिँ बढी हुने गर्दछ।

अमेरिका र क्यानडामा यस्ता औषधिलाई "हाई अलर्ट मेडिकेशन" भन्ने चलन छ। अमेरिकामा रहेको इन्स्टिच्युट फर सेफ मेडिकेशन प्राक्टिसेस (Institute for Safe Medication Practices -ISMP) ले पनि हाई अलर्ट मेडिकेशनको बारेमा बृहत् जानकारी दिन्छ। ISMP ले औषधिको सुरक्षित प्रयोगका लागि ध्यान दिनु पर्ने कुराहरूका बारेमा जानकारी दिने गर्दछ।

यस्तो औषधिको उदाहरण

उदाहरणका लागि बाथ रोगमा प्रयोग हुने औषधि मेथोट्रेक्सेटलाई लिन सकिन्छ। यो औषधि हप्ताको एक पटक खानु पर्ने औषधि हो। तर, धेरै मानिसमा औषधि भनेको दिनहुँ खानु पर्छ भन्ने सोचाई छ। त्यसैले केही मानिसहरू उक्त औषधि पनि दैनिक सेवन गर्दछन् र गम्भीर बिरामी पर्दछन्। अमेरिकामा ५० भन्दा बढी मानिसहरूले यो औषधिको गलत सेवनका कारण ज्यान नै गुमाएको एक तथ्यांकले देखाउँछ।

यसकारण, थाहा पाउनु जरुरी छ

उच्च जोखिमयुक्त औषधिको बारेमा सबै स्वास्थ्य सेवा प्रदायकलाई ज्ञान भयो भने सतर्क हुन मद्दत गर्दछ। यसरी समयमा नै सतर्क भएमा र बिरामीलाई पनि सतर्क गराउन सकिएमा, त्यस्ता गल्तीको न्यूनीकरण हुन्छ र बिरामीमा हानी पुग्दैन। यदि स्वास्थ्यकर्मीले नै यसमा सचेतता नअपनाउने हो भने आम बिरामीले यसबारे थाहा पाउन सक्ने अवस्था नै हुँदैन ।

कस्ता औषधि यो श्रेणीमा पर्छन् ?

थेराप्यूटिक इन्डेक्स कम भएका औषधि यो श्रेणीमा पर्दछन् । गलत रुटबाट औषधि दिंदा समस्या पर्ने औषधि समेत यस प्रकारका औषधि हुन् । मानौ कुनै एक इन्जेक्सन मांशपेशीमा मात्र पर्ने गरी लगाउनु पर्थ्यो तर सिधै नशामा हालियो भने त्यो रुट गलत भयो । त्यसैगरी, अरू कुनै तवरको गल्ती भएमा उच्च जोखिम रहने औषधिहरु जस्तै हर्दा उस्तै देखिने तर फरक/फरक औषधिको प्रयोग गर्दा पनि यस्तो हुन जान्छ।


‍ ‍
के हाम्रो देशमा उच्च जोखिमयुक्त औषधिको सूची छ त?

‍हाम्रो देशमा उच्च जोखिमयुक्त औषधिको कुनै औपचारिक सूची बनाइएको छैन। कुनै कुनै अस्पताल आफैले त्यस्ता सूची तयार पारेका भने हुन सक्छन् । हरेक अस्पतालमा छुट्टै किसिमको औषधिको प्रयोग भएको पनि हुन सक्छ र ती अस्पतालमा आउने बिरामी पनि फरक किसिमका हुन सक्दछन्। त्यसैले एक अस्पतालले बनाएको सूची अर्को अस्पतालले हुबहु प्रयोगमा ल्याउन मिल्दैन।

आउनुस् हेरौं, अस्ट्रेलियाको सूची

अस्ट्रेलियाले प्रयोगमा ल्याएको यो सूची याद गर्न सजिलो छ र यी औषधिहरू नेपालमा पनि प्रयोग हुने गरेकाले यहाँ प्रस्तुत गरिएको छ । सो सूचीलाई APINCHS वर्गीकरण भनिन्छ।

A Antimicrobials Aminoglycosides: gentamicin, tobramycin and amikacin
Vancomycin
Amphotericin – liposomal formulation
P Potassium and other electrolytes Injections of concentrated electrolytes: potassium, magnesium, calcium, hypertonic sodium chloride
I Insulin All insulins  
N Narcotics (opioids) and other sedatives Hydromorphone, oxycodone, morphine, fentanyl, alfentanil, remifentanil and analgesic patches  
Benzodiazepines: diazepam, midazolam  
Thiopentone, propofol and other short term anaesthetics
C Chemotherapeutic agents Vincristine, methotrexate, etoposide, azathioprine
Oral chemotherapy
H Heparin and other anticoagulants Warfarin, enoxaparin, heparin  
Direct oral anticoagulants (DOACs): dabigatran, rivaroxaban, apixaban
S   Systems   Medication safety systems such as independent double checks, safe administration of liquid medications, standardised order sets and medication charts etc.

(हेल्थ सरोकारले 'मेडिकेसन सेफ्टी' शृंखला अन्तर्गत यस्ता सामग्री नियमित रुपमा प्रस्तुत गर्दै आइरहेको छ - सम्पादक )

लेख:
संजय मणि दीक्षित
सहायक प्राध्यापक (फार्माकोलोजी)

काठमाडौं मेडिकल कलेज

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.