काठमाडौँ । सामान्यतया नेपाली समुदायमा मदिरालाई गलत नजरले हेर्ने गरिन्छ । मदिरा सेवन गर्नेलाई खराब समेत मानिन्छ । तर मदिराको कुरा गर्ने हो भने डा. स्वयमले पनि दुई किसिमको सल्लाह दिने गरेका छन् । कसैले मदिरालाई हात नै नलगाउन सल्लाह दिन्छन् त कुनै डाक्टरले दिनहुँ थोरै मात्रामा सेवन गर्ने हो भने यसले फाइदा नै गर्नै बताउँछन् ।
.
त्यस्तै जुम्ला जिल्लाको एक गाउँपालिकाले २५ वर्ष मुनिका मानिसहरूले मदिरा बेचबिखन तथा सेवन गर्न नपाउने नियम ल्याएको छ । जम्ला स्थित पातारासी गाउँपालिकाले मदिराको विषयमा यस्तो प्रतिबन्ध लगाएको हो ।
.
मदिराको सेवन तथा बिक्री वितरणमा रोक लगाउनका लागि गाउँपालिका, महिला तथा बालबालिका शाखामार्फत गाउँमा गठन भएका महिला समूह, सहकारी र युवालाई सहभागी गराई सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
.
कुलतका कारण युवायुवती गलत बाटामा लागेका कारण मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाइएको गाउँपालिका अध्यक्ष लछिमन बोहराले बताए ।
.
पढ्ने उमेरका युवा कुलतमा बढी फसेका कारण मदिरामा प्रतिबन्ध लगाइएको अध्यक्ष बोहराको भनाइ छ । पच्चिस वर्ष तलका युवाले मदिरा सेवन तथा बिक्री वितरण गर्न नपाउने गाउँ कार्यपालिकाको बैठकबाट निर्णय भएको हो ।
.
यसरी पातारासी गाउँपालिकाले जस्तै सरकाले पनि सिङ्गो राष्ट्रमा नै एउटा उमेर हद तोकेर नियम कार्यान्वयनमा ल्याए अझ उत्कृष्ट हुने उक्त क्षेत्रका बासिन्दहरु बताउँछन् ।
.
हुन त, मदिरा सेवनको लतमा बालबालिकाहरु नै पनि परेको उदाहरण हाम्रो समाजमा प्रशस्त छन् । यसरी सानै उमेरमा कुलतमा लागेका बालबालीकाहरुले समाजमा विकृति भित्राउने मात्र हैन आफ्नो स्वास्थ्य समेत बिगारी रहेका छन् । यो विषयमा पातारासी गाउँपालिकाले चालेको उदाहरणीय कदममा केन्द्रीय सरकारले पनि केही सोच्ने हो की ?
Comments
comments
प्रबन्धक
सम्पर्क
Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर
Health Sarokar Tv
CopyRight @ 2021 Health Sarokar. All Right Reserved.
Comments