समाचार

ब्लड प्रेसर घटाउने घरेलु उपाय

काठमाडौं। सामान्यता ब्लड प्रेसर अहिलेको अवस्थामा बढदो छ । मानिसहरु धेरै सुविधायुक्त अथवा सौखिनदार भएका छन् त्यसकारण पनि अझ बढेको हो । शरिरलाई तन्दुरुस्त राख्न त शारिरीक ब्यायाम गर्न अति जरुरी छ । मानिसहरुमा प्रेसर तल माथि भईराख्ने हुन्छ। पछिल्ला दिनहरुमा त झनै ब्लड प्रेसरका बिरामीहरु बढिरहेका छन् ।

यसलाई अलिक कम गर्ने घरेलु उपायहरु

  • नुन कम खानु, अमिलो, पिरो, चिल्लो, चिया, कफि, चटपटे, खानेकुरा कमै मात्रामा खाने ।
  • दिन दिनै लसुनको ३ देखि ४ केस्रा छोडाएर चपाउने र मन तातो पानीले निल्ने। यसले रगतमा कोलस्ट्रोलको मात्रालाई कम गर्दछ।
  • तुलसीको पात महसँग खाने र तीन भाग गाजरको जुसमा एकभाग पालुंगोको रस मिलाएर सधै बिहान र बेलुकी सेवन गर्ने।
  • योगासनमा कपालभाति, अनुलोमबिलोम तथा सुर्य नमस्कार आदिले पनि ब्लड प्रेसरलाई सामान्य अवस्थामा राख्न मद्दत गर्दछ।
  • पुरानो अचार तथा डिब्बाबन्दमा रहेको पदार्थ नखाने, फास्टफुड, रातो मासु, रक्सी, चुरोट, तम्बाखुको सेवनबाट बच्ने।
  • पोटासियम र मेग्नेशियमयुक्त भएको खाद्य पदार्थ भरपुर मात्रामा लिने।
  • सधै सन्तुलित आहार लिने, खानामा चोकरसहितको गहूँको पिठोको रोटी, टुसा उम्रेको अन्न, लौका, माछा, गोलभेंडाको जुस, काँक्रो, प्याज, अमला आदि समाबेश गरेर सेवन गर्ने, फलफुलमा स्याउ, केरा र हरियो सागपात बढि मात्रा खाने।
  • शरीरलाई न्यानो राख्नका लागि न्यानो कपडाहरु लगाउने। टाउकोलाई चिसोबाट जोगाउन टोपी लगाउने, हातमा पन्जा खुट्टामा मोजालगाउने, भित्र थर्मकोट लगाउने, घरभित्रै भए पनि हिडडुल गरि राख्ने। घाम ताप्ने।

यि कुराहरुलाई ख्याल गर्न सके ब्लड प्रेसरबाट बच्न सहज हुन्छ ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.