समाचार

बाँसको तामा खानुहोस्, क्यान्सर तथा मुटु रोगबाट बच्नुहोस्

काठमाडौ । बाँसको तामा धेरैलाई मनपर्ने तरकारी हो । यसको अचार बनाएर खादा उतिनै मिठो हुन्छ । यो स्वादका लागि मात्र नभएर स्वास्थका लागि पनि धेरै फाइदा जनक मानिन्छ। तामाबाट विभिन प्रकारका खाने कुराहरु बनाउन सकिन्छ ।


यसले धेरै रोगहरुलाई नियन्त्रण गर्न सहयोग गर्दछ। तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुर्याउँछ । पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ । यसले अझ बढि गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मन सहयोग पुर्याउछ ।

नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ। तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ साथै यसले रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ । क्यान्सर विकास हुने स्थितिलाई नियन्त्रण गर्दछ । पेटको दुखाइका साथै अल्सर तथा आन्ध्राका घाउहरू कम हुन तामाले सहयोग पुग्दछ ।

त्यस्तै गरी तामामा प्रोटिन भने उपयुक्त हुन्छ जसमा शरीरलाई चाहिने एमिनो एसिडको सबै प्रकारका मात्रा यथोचित हुन्छ जसको कारण यसले स्वास / प्रस्वासका कतिपय समस्याहरू कम गर्नमा वा निको पार्नमा ठूलो भूमिका खेल्दछ ।

फोक्सोमा फ्लेम जमेको छ भने त्यसलाई निकाल्न, खोकी लाक्दैछ भने त्यसको नियन्त्रणको निम्ति, फोक्सो सुन्निएको अवस्थामा त्यसलाई ठीक गर्न तामा उचित खाद्य परिकार हो । त्यस्तो राम्रो प्रोटिनको स्रोत भएको तामाले शरीरको प्रतिरोधक क्षमता पनि बढ़ाउँछ ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.