समाचार

मुटुरोग तथा क्यान्सरबाट बच्न गाजरको सेवन गरौ


काठमाडौं । गाजर प्राय सबै मानिसहरु मन पर्छ । गाजरकोे सलाद काटेरे, हलुवा बनाएर, जुस बनाएर खान सकिन्छ। गाजर जुनै मौसममा पनि पाईने वनस्पति हो यसमा अत्याधिक भिटामिन र मिनरलको मात्रा पाइन्छ । यसको जरा खाद्यपदार्थको रूपमा पनि प्रयोग गरिन्छ । बैज्ञानिकहरुले गाजर खानामा समावेश गर्दा मटुरोग तथा क्यान्सरबाट बच्न सकिने यसअघि नै पुष्टि गरिसकेका छन् ।

गाजरले उच्च रक्तचापलाई नियन्त्रण गर्ने भएकाले ह्रदय घात हुनबाट बचाउछ । यसको प्रयोग जुनै मौसममा गर्दा पनि शरीरलाई फाइदा पुग्दछ । गाजरले रोग प्रतिरक्षा क्षमता बढाउन मद्दत गर्छ ।

भरखरै गरिरिएको एक अध्यननले गाजर नखाने महिलाहरुमा भन्दा गाजर खाने महिलाहरुमा भविष्यमा हुनसक्ने स्तन क्यान्सरको सम्भावना ६० प्रतिशतले कम हुने देखाएको छ । बैज्ञानिकहरुका अनुसार गाजरमा प्राकृतिक रुपमा पाइने रसायनले क्यान्सरको सम्भावनालाई घटाउँछ ।

अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रेसनमा प्रकाशित एक रिपोर्टले स्तन क्यान्सरका लागि गाजरको प्रयोग अत्यन्त प्रभावकारी देखिएको उल्लेख छ । सो अध्ययन अनुसार गाजरमा पाइने विटा क्यारोटिनले स्तन क्यान्सर हुने सम्भावना ४० देखी ६० प्रतिशत कम हुने देखाएको छ ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.