समाचार

समय नपुग्दै जन्मिएका बच्चा जोगाउन हामी कतिको सक्षम ?

प्रिमच्योरिटी अर्थात् समय अगावै बच्चाको जन्म हुनु । तपाईँ हामी कतिले सुनिरहेको हुन्छौ महिना नपुगी बच्चा जन्मिएको खबर । अझै कतिपयको त आफ्नै घरमा समेत यस्तो भएको हुन सक्छ ।

.

गत साल एक सय ८ देशहरुमा गरिएको एक सर्वेणक्ष अनुशार ५ % देखि १८% बच्चाहरुको जन्म महिना नपुग्दै हुने गरेको तथ्यांक छ । यसो हुनुमा सामान्य कारणहरु , लामो समयसम्म भइरहने उच्च रतचाप र मधुमेह भएको देखिन्छ ।

.

विश्वभरीमा हुने यस्तो प्रिट्रम जन्ममा, ६० प्रतिशत भन्दा बढि बच्चाहरुको जन्म अफ्रिका र दक्षिण एसियाका मुलुकहरुमा नै हुने गरेको देखिन्छ । आखिर के हो त प्रिमच्योरिटी ? के भन्छन् यस बारे विज्ञ ? हेर्नुहोस् यस विषयमा श्री वीरेन्द्र अस्पताल (छाउनी) की बाल रोग विभाग प्रमुख सह-प्राध्यापक डा. मुन थापासँग हेल्थ सरोकारले गरेको कुराकानी ।

.

१. प्रिमच्योरिटी भनेको के हो ?

उत्तर : प्रिमच्योरिटी भनेको कुनै पनि बच्चाको महिना नपुगी जन्म हुनु हो । सामान्यतया बच्चाको जन्म गर्भ रहेको ३७ हप्ता पछि हुन्छ र यस्ता बच्चालाई ‘ट्रम बेबी’ भनिन्छ भने प्रिमच्योरिटी भन्नाले ३७ हप्ता भन्दा पहिले जन्म भएको बच्चा भन्ने बुझिन्छ ।

.

२. प्रिमच्योरिटीले गर्दा के कस्ता समस्याहरू उत्पन्न हुन्छन् ? बताइदिनुहोस् न ।
उत्तरः 
प्रिमच्योरिटीले गर्दा उत्पन्न हुने समस्याहरू धेरै छन् जस मध्य पनि मुख्य रूपमा यी समस्यालाई लिन सकिन्छ ।

.

क) फोक्सोको राम्रो विकास नहुने: समय अगावै जन्म लिएका बच्चाहरूमा यो समस्या देखिने गर्छ जसले गर्दा जन्म पश्चात् श्वासप्रश्वासमा समस्या देखिन्छ । यस्तो समस्याबाट मुक्त दिन तथा फोक्सो विकास गर्न ‘सरफेक्टेन्ट’ भन्ने महँगो औषधी दिनुपर्ने हुन्छ । झन् कतिपय बच्चालाई भेन्टिलेटरमा समेत राख्नुपर्ने हुन्छ ।

.
ख) इन्फेक्सन हुनु : ‘प्रिमच्योर बच्चा’हरुको रोगसँग लड्न सक्ने क्षमता अरू बच्चाहरुको तुलनामा कम हुने गर्दछ । जसले गर्दा यस्ता बच्चामा इन्फेक्सन हुने डर हुन्छ । यस्तो इन्फेक्सन रगत(सेप्टीसेमिया), फोक्सो(निमोनिया), तथा दिमाग (मेनिन्जाइटिस्) मा बढी मात्रामा हुने गर्दछ ।

.

ग) रगतमा सुगर र क्याल्सियम को मात्रा कम हुनु ।

.

घ) आमाको दूध राम्रोसँग चुस्न नसक्नु ।

.

ङ) शरीरको तापक्रम कम हुनु आदी ।

.

३. संसारमा हरेक १० बच्चामा एक बच्चा समय अगावै जन्मन्छन् भन्छन् ।नेपालमा प्रिमच्योरिटीको केस कत्तिको देखिन्छ ?
उत्तरः
 नेपालमा पनि प्रिमच्योरिटीको केस धेरै देखिन्छ । नेपालमा जन्मने बच्चाहरूमा १४ देखी १५ प्रतिशत बच्चा प्रिमच्योर जन्मने गर्छन् ।

.

४. हजुरले अहिले सम्म देख्नुभएको जीवित प्रीट्रम बच्चाहरुमध्य सबैभन्दा कम उमेर र तौलको बच्चा कतिको थियो होला ?
उत्तरः
 मेरो अनुभवको कुरा गर्दा अहिले सम्ममा मैले देखेको सबै भन्दा सानो जीवित प्रिट्रम बच्चामा २८ हप्ता र ८०० ग्रामको बच्चा थियो ।

.

५. अहिलेको तथ्याङ्क अनुसार २३ हप्ता ३ दिनमा जन्मिएकी २४५ ग्राम तौल भएको बच्चा संसारको सबैभन्दा सानो जीवित बच्चा मानिन्छ । नेपालमा त्यो तौलको बच्चा हामी जीवित नै राख्न सक्ने अवस्थामा पुग्नका लागि के गर्नु पर्छ होला ?
उत्तर :
 नेपालमा त्यस्तो धेरै कम तौलको बच्चालाई जीवित राख्न सक्ने अवस्थामा पुग्नका लागि हामी सबै बच्चाको हेल्थ केयरसँग सम्बन्धित काम गर्नेहरुले एक अर्कालाई सहयोग गर्नुपर्छ । यस्तो प्रिमच्योर बच्चालाई राख्न आइसियु(एनआइसियु हरेक अस्पतालहरुमा (विशेष गरी सरकारी अस्पतालहरूमा) स्थापना गरी आवश्यक सम्पूर्ण सामाग्रीहरू उपलब्ध हुने व्यवस्था गर्नुपर्छ । एनआइसियुमा काम गर्ने डक्टर तथा नर्सहरुलाई एनआइसियु तालिम गराउनु पर्छ । प्रिमच्योर बच्चालाई एनआइसियुमा उपचारकोलागि आवश्यक औषधी लगायतका सामाग्रीहरू निःशुल्क वा न्यून शुल्कमा उपलब्ध गराउन तर्फ विशेष जोड दिनुपर्छ ।

.

६.‘टोटल पयारेन्टल न्युट्रेसन’ त्यस्ता बच्चाहरूलाई जीवित राख्न एकदमै महत्त्वपूर्ण मानिन्छ । के नेपालको कुनै अस्पतालले बच्चाको तौल अनुसार आफैले ‘टोटल पयारेन्टल न्युट्रेसन’ बनाउन थालेको छ त ? यसबारे अस्पतालहरूको लागि हजुरको सुझाव के छ ?
उत्तरः
 ‘टोटल पयारेन्टल न्युट्रेसन’ (TPN) प्रिमच्योर बच्चाहरूलाई एकदमै जरुरी हुन्छ । किनभने यस्ता बच्चाहरूलाई तरुन्तै दूध खुवाउन सम्भव हुँदैन र कतिपय प्रिमच्योर बच्चाहरूलाई त दूध खुवाउन हप्तौँ सम्म लाग्ने गर्छ । टीपीएनले यस्तो अवस्थामा बच्चालाई सही मात्रामा क्यालोरिज, प्रोटिन, फ्याट जस्ता महत्त्वपूर्ण पोषण दिन्छ ।

.

ठुला मानिसलाई दिइने टिपिएन र नवजात शिशुलाई दिइने टिपिएन फरक हुने गर्दछ । यसमा हुने प्रोटिन, फ्याट जस्ता चिजहरु हरेक दिन परिवर्तन गनुपर्ने भएकाले रेडिमेड सप्लाई हुँदैन ।

.

टिपिएन बनाउन ल्यामिनर फ्लो हुड आवश्यक हुन्छ  जसले टीपीएनका माध्यमबाट शरीरमा लाग्ने इन्फेक्सनबाट बचाउँछ । यो हुड नभएको बेला टिपिएन बनाउँदा त्यसबाट नै बच्चालाई गम्भीर इन्फेक्सन हुन सक्छ । जसले गर्दा नेपालको धेरै अस्पतालमा चाहेर पनि बाल रोग विशेषज्ञ र एनआइसीयु नर्सहरुले टिपिएन बनाउन सक्ने अवस्था छैन । तर धेरै एनआइसीयुमा भने प्रोटिन (एमाइनो एसिड) दिने गरेको देखिन्छ ।

.

टिपिएन प्रिमच्योर बच्चालाई धेरै जरुरी हुने भएकाले अस्पतालहरुलाई मेरो सुझाव यो छ की सबै भन्दा पहिले टिपिएन दिने हो भने तालीम प्राप्त एनआइसीयु डाक्टर र नर्स राख्नुहोस् । हरेक अस्पतालमा एनआइसियुमा लामिनार फ्लो हुड र टिपिएन दिनलाई सेन्ट्रल लाइन/पीआइसीसी लाइन खोल्ने विज्ञ हुनु आवश्यक हुन्छ । एक पटक गरिएको टिपिएन मापनलाई पुन जाँच गर्नुहोस् र हरेक पटक याद राख्नुहोस् कि बच्चालाई यसरी पोषण दिँदै गर्दा कतै उल्टो इन्फेक्सन त भइरहेको छैन ?

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.