समाचार

विश्व रेडियोग्राफी दिवस र ‘एक्स-रे’का बारेमा रोचक तथ्य

काठमाडौं । हरेक वर्ष नोवेम्बर ८ का दिन लाई ‘विश्व रेडियोग्राफी दिवस’का रुपमा मनाईदै आएको छ । 'एक्स-रे' को आविस्कार सन् १८९५ नोवेम्बर ८ का दिन भएकाले सोही दिन पारेर विश्व रेडियोग्राफी दिवस मनाउन थालिएको हो। 

यस साल विश्व रेडियोग्राफी दिवसको मूल नारा ‘स्पोर्ट्स इमेजिङ’ रहेको छ । विगतका वर्षहरुमा ‘कार्डियाक इमेजिङ’, ‘एमरजेन्सी रेडियोलोजि’ तथा ब्रेस्ट इमेजिङ’ यसको मूल नारा रहेको थियो ।

आउनोहोस् रेडियोग्राफी सम्बन्धि केहि रोचक तथ्य बारे जानौं,

एक जर्मन प्रोफेसर विलहेल्म कन्राड रोईन्टजेनले सन् १८९५ मा नजानिँदो रुपमै 'एक्स-रे' पत्ता लगाएका थिए। उक्त समायमा एक्स रेको नाम रहनुको कारण पनि निकै रोचक रहेको छ । जुन 'रे'का बारेमा उनले पत्ता लगाए सो 'रे' कुन हो भन्ने कुराको ज्ञान उनि स्वयमलाई नै थिएन । जसका कारण गणितमा थाह नभएको कुरालाई एक्स मानेर हिसाब गरेजस्तै उनले उक्त 'रे'को नाम 'एक्स-रे' राखियो । यसका लागि सन् १९०१ मा उनलाई ‘फिजिक्स विधा’मा ‘नोबल पुरस्कार’ समेत प्रदान गरिएको थियो ।

'एक्स-रे', एम. आर. आई. स्क्यान र अल्ट्रासाउण्ड जस्ता प्रविधिले स्वास्थ्य सम्बन्धी समस्या पत्ता लागाउनका लागि विभिन्न प्रकारका तस्बिरहरु उत्पादन गर्ने कार्य गर्दछ । यसलाई राडियोग्राफि भनिन्छ र यस विधाका विज्ञलाई रेडियोलोजिस्ट भन्ने गरिन्छ ।

रोग पत्ता लगाउन तथा रोगको निवारण गर्न रोडियोलोजिस्टहरुले विभिन्न प्रकारका प्रविधिहरु प्रयोग गर्ने गर्दछन् । यस्ता प्रविधि प्रयोग गर्नेहरुले यसको सुरक्षमा पनि निकै ध्यान पुर्याउनुपर्ने देखिन्छ । मानव शरिरकोे अत्याधिक मात्रामा एक्स रे गर्ने हो भने यसले मानिस को ज्यान पनि लिनसक्छ । एक्स रेका आविस्कारक विल्हेलम रोईन्टजेनकी पत्नी एन्ना वर्थ लुडविगको निधन समेत सोहि कारणले भाएको थियो ।

नेपालमा यस विधामा पहिलो पटक सन् १९८८ मा टिचिङ अस्पताल महाराजगञ्जमा औपचारिक रुपमा 'डिप्लोमा तह'मा अध्यापन सुरु भएको पाइन्छ । अहिले सम्म आइपुग्दा नेपालमा 'पोस्ट ग्रयाजुएसन कोर्ष' पाँच वटा विश्वविद्यालयले अध्यापन गराउँदै आएका छन् ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.