समाचार

कुशल फार्मेसीको अभ्यास

काठमाडौं । खोपलाई समेत जोड्दा औषधि नचाहिने मानिस छैनन्। गर्भमा आउने तयारीदेखि जन्मिएर पूरा जीवन कटाई मृत्युवरण गर्दासम्म हामी औषधिको सहयोग लिइरहेका हुन्छौं। उपभोक्तासम्म औषधि पुर्‍याउने अहम् भूमिका मुख्यतः सामुदायिक फार्मेसी र अस्पताल फार्मेसीले खेल्छन्।

मधुमेह, हृदय रोग, उच्च रक्तचाप, क्यान्सर, दीर्घकालीन अवरोधक पल्मोनरी रोग ९सीओपीडी० र एचआईभी–एड्स जस्ता दीर्घकालीन रोगमा बिरामीले बाँच्न र जीवनको गुणस्तर सुधार गर्न लामो समयसम्म र कतिपय अवस्थामा आजीवन नियमित, निर्बाध, समयमै औषधि सेवन आवश्यक पर्दछ। नसर्ने दीर्घकालीन रोग र एचआईभी–एड्सको बोझ कम र मध्यम आय भएका देशहरूमा सबैभन्दा बढी पर्छ। दुःखको कुरा, क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक एम रोबिन दिमातिओ ९सन् २००४० ले सन् १९४८ देखि १९९८ सम्म साइकलिट र मेडलाइनमा एब्स्ट्र्याक्ट उपलब्ध भएका गैरमानसिक चिकित्सकद्वारा दिइएका औषधि सेवनका आदेश पालनासम्बन्धी सम्पूर्ण आर्टिकलहरू ९जम्मा ५६९ वटा० को बृहत् विश्लेषणद्वारा यो कुरा देखाए कि एकचौथाइ बिरामी औषधि सेवनका लागि दिइएको निर्देशन पालना गर्दैनन्। हुन त यो विश्वव्यापी समस्या हो, औषधि सेवनमा ध्यान नदिने समस्या विकासशील देशमा झन् चर्को हुनसक्ने अनुमान गरिएको छ। यसले बिरामीलाई निर्धारित उपचारको पूर्ण फाइदा प्राप्त गर्नबाट रोक्छ, उपचारको नतिजा बिगार्छ, सुरुदेखि नै रोगको जटिलता थप्छ र अस्पताल भर्ना हुनुपर्ने बनाउँछ। साथै, यसले आर्थिक उत्पादकत्व घटाई स्वास्थ्य सेवा खर्चबाहेक अर्बौंको नोक्सान पुर्‍याउँछ।

औषधिको गुणस्तर उत्पादनसम्म कुशल उत्पादन अभ्यासद्वारा र बिक्रीका लागि स्वीकृति दिनेलगायत सबाल कुशल नियमन अभ्यासद्वारा व्यवस्थित हुन्छन्। उसो त यी दुई अभ्यासको कुशल फार्मेसी अभ्याससित प्रत्यक्ष, गहिरो, पूरक सम्बन्ध रहन्छ। ढुवानी, भण्डारण, प्रयोग र निर्माणदेखि प्रयोग गर्दासम्मको अवधिमा सम्पर्कमा आउने वातावरणीय अवस्थाले पनि औषधिको गुणस्तर प्रभावित हुन्छ। उत्पादकले तोकेको म्याद नसकिँदै औषधि निस्प्रभावी मात्र हैन, विषाक्तसमेत बनेका धेरै उदाहरण छन्। सीमित स्रोतसाधन र जनशक्तिबाट धेरै औषधिको सेवा दिनुपर्ने भएकाले परीक्षण नै गर्ने कुरा सम्भव नभए पनि स्थापित कुशल अभ्यासद्वारा सामुदायिक वा अस्पताल फार्मेसी गुणस्तरीय औषधि वितरणमा महत्तवपूर्ण भूमिका खेल्न सक्छन्। यो समाचार अन्नपूर्ण पोष्टमा प्रा.डा. बालमुकुन्द रेग्मीले लेखेका छन् ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.