समाचार

यस कारण जम्मा गरियो अष्ट्रेलियाको २० प्रतिशत जनसंख्याको मलमूत्र

हप्ता अगाडि

काठमाडौँ   । अष्ट्रेलियाको क्वीन्सल्याण्ड विश्वविद्यालयको एक प्रयोगशालामा केही असामान्य नमूना जम्मा गरिएको छ । यस्तो नमूना अष्ट्रेलियाको २० प्रतिशत जनसंख्याको मलमूत्र हो ।

देशभरबाट पानी शुद्ध गर्ने संयन्त्रबाट लिइएका यस्ता मलमूत्रलाई चिसो बनाएर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूसमक्ष पठाइएको छ ।

यसरी जम्मा गरिएका नमूनाबाट अष्ट्रेलियाका विभिन्न समूदायको आहार, औषधि र स्वाभावका बारेमा अध्ययन गरिनेछ ।

यस्ता नमूनाहरू सन् २०१६ मा भएको अष्ट्रेलियाको राष्ट्रिय जनगणनाको समयमा जम्मा गरिएका हुन् ।

अनुसन्धानकर्ता जेक ओब्रायन र पीएचडी आवेदक फिल चोइले अष्ट्रेलियाका विभिन्न समूदायको आहार र जीवनशैली सम्बन्धी स्वाभावको बारेमा जानकारी लिन यस्ता नमूना जम्मा गरिएको बताएका छन् ।  

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.