समाचार

पाचन शक्ति बढाउनका लागि भुटेको चना

हप्ता अगाडि


काठमाडौं। धेरै जनालाई थाहा नहुन सक्छ स्वास्थ्यका लागि चना कति फाइदाजनक छ । हरेक बिहान भुटेको चना खानाले तपाई र हाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । यसमा पौष्टिक तत्व हुन्छ । यसले तपाई र हाम्रो पेटमा हुने कब्जियतबाट बचाउँछ ।

बजारमा बोक्रा भएको र बोक्रा छिलेको गरि दुई प्रकारको चना पाइन्छ । तपाईले बोक्रा सहितको चना खानुहोस्, किन भने चनाको बोक्रासमेत स्वास्थ्यका लागि राम्रो मानिन्छ । भुटेको चनामा कार्बोहाइड्रेट, प्राटिन, क्याल्सियम, आइरन र भिटामीन भरपुर पाइन्छ ।

भुटेको चना खाँदा हुने फाइदाहरुको बारेमा पढिसकेपछि तपाईलाई प्रश्न उठ्न सक्ला, एक दिनमा कति चना खाने ? यस विषयमा बसंत कुंजस्थित इन्डियन स्पाइनल इन्जरी सेन्टरको सिनियर डाइटिसियन डा। हिमांशी शर्माका अनुसार एक स्वास्थ्य ब्यक्तिले प्रत्येक विहान ५० देखि ६० ग्राम चना सेवन गर्नु उपयुत हुन्छ ।

यस्ता छन् भुटेको चना खानुका फाइदाहरुः

प्रतिरोधक क्षमता बढाउँछः प्रत्येक विहान खाजा तथा दिउँसोको खाना खानु पहिल्यै ५० ग्राम भुटेको चना खाँदा तपाईको रोग प्रतिरोधक क्षमतामा बृद्धि हुन्छ । तपाईको रोग प्रतिरोधक क्षमतामा बृद्धि भयो भने विभिन्न रोगहरुबाट बच्न सक्नुहुन्छ । साथै यसले मौसम अनुसार शरीरमा हुने विभिन्न समस्याबाट पनि बचाउँछ ।

मोटोपन घटाउँछः आफ्नो वजन कम गर्न चाहनेले भुटेको चना खानु लाभदायक छ । दैनिक रुपमा भुटेको चना खानाले मोटोपनको समस्याबाट बच्न सकिन्छ ।

पिशाव सम्बन्धि रोगबाट छुटकारा पाइन्छः भुटेको चना सेवन गर्दा पिशाव सम्बन्धि जोडिएको विभिन्न रोगहरुबाट पनि छुटकारा पाइन्छ । जसलाई छिन–छिनमै पिसाब लाग्छ, उनले चना खानुपर्छ । यसरी नियमित चना खानाले यस्ता समस्याबाट राहात पाइन्छ ।

कब्जियत हुनबाट बचाउँछः जसलाई कब्जियत भएको छ, उसले प्रत्येक विहान चना खानु राम्रो मानिन्छ । कब्जियत भएको छ भने पनि भुटेको चना खाँदा निकै राहात मिल्छ ।

पाचन शक्ति बढाउँछः चनाले पाचन शक्तिलाई सन्तुलित राख्छ र दिमागी शक्तिलाई बढाउन दद्दत गर्छ । चनाको नियमित सेवन गर्दा रगत सफा हुन्छ, जसको कारण त्वचामा निखारता आउँछ । चनामा फस्फोरस हुन्छ, जसले हेमोग्लोविनको लेवल बढाउँछ ।

मधुमेहका रोगीलाई राहातः भुटेको चना खाँदा मधुमेहका रोगीले राहात पाउँछन् । भुटेको चनामा ग्लुकोजको मात्रा धेरै हुन्छ । यसले डायबिटिज रोगलाई नियन्त्रित गर्छ । भुटेको चना नियमित खाँदा ब्लड सुगरको लेवललाई पनि नियन्त्रणमा राख्छ ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.